BREAKING NEWS

Saturday, September 12, 2015

नौविसेको नवौं साधारणसभा सम्पन्न

लेखनाथ : लेखनाथ नगरपालिका बडा नं १मा रहेको नौविसे दुग्ध उत्पादक कृषि सहकारी सस्थाको नबौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
सभाको उद्घाटन गर्दै जिल्ला पशुसेबा कार्यालय पोखराका प्रमुख राकेश प्रजापतीले अहिलेको आवस्यकता भनेको कृषिमा आधारित ब्यवसाय हुनु पर्छ जसले किसानको आय आयर्जनमा सहयोगि भुमिका निर्वाह गनृ सकोस भन्दै सहभागि किसानहरुलाई निर्वाहामुखि भन्दा ब्यवसायिक रुपमा अगाडि बढ्न आग्रह गरे।
सोही अवसरमा बोल्दै स्थानिय समाजसेबी भुबानी प्रसाद बास्तोलाले किसानहरुलाई ब्यबस्थित रुपले आगाडि बढाउनका लागि राज्य स्तरबाट पनि सहयोग र परामर्शको खाचो रहेकोमा जोड दिएका थिए भने जिल्ला सहकारी मञ्च कास्कीका सदस्य कुशलबाबु लामिछानेले सहकारीका सात सिद्धान्तलाई आत्मसाथ गर्दै सामुहिक लगानिको माध्यमबाट कृर्षकहरुको जीवन स्तर माथि उठाउन सकिने धारणा राखेका थिए।
नौविसे दुग्ध उत्पादक कृषि सहकारी सस्थाका अध्यक्ष पदम प्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,नेपाल डेरी एसोसियसनका केन्द्रिय सदस्य ज्ञानेन्द्र बजगाईं,सस्थाका सल्लाहकार दुर्गा अधिकारी,सस्थापक अध्यक्ष प्रमोद पौडेल,पशु चिकित्सक ठगेन्द्र प्रसाद अर्याल,चक्रदेबि सहकारीका सचिब शिबराज अधिकारी र किरण राज भण्डारी लगाएतले आ आफनो धारणा राखेका थिए।
सोही अबसरमा सस्थाले विभिन्न १६ विधामा उत्कृष्ट कृषकहरु तथा सदस्यहरुका छोरा छोरीहरु मध्यबाट गत बर्षको प्रबेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो।
सस्थाका सचिब विशेश्वर ढकालले संचालन गरेको सो कार्यक्रममा बुद्धिसागर पौडेलले अार्थिक प्रतिबेदन र सदस्य विनिता पराजुलीले स्वागत मन्तव्य राखेका थिए।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .