BREAKING NEWS

Monday, September 21, 2015

तमुवानको माग गर्दै पोखरा सहित बन्द, २५ जना प्रक्राउ, बन्द खुलाउन मोटरसाइकल र्र्याली

सागर राज तिमिल्सिना 
पोखरा, ४ असोज

पोखरा लगाएतका क्षेत्रमा तमुवानको माग गर्दै गरिएको बन्दका कारण जनजिवन प्रभावीत भएको छ । बन्द गराउदै हिड्ने तमुवानका २५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ छ । जातिय पहिचान सहित तमुवान प्रदेशको माग गर्दै आवाहन गरिएको बन्दले जनजिवन प्रभावीत भएको हो । बन्दका कारण उद्योग, कलकारखाना बन्द छन् भने केहि मात्रामा पसलहरु खुलेका छन् ।

बन्दकर्ता सडकमा निस्कने बित्तिकै प्रहरीले पक्राउ गर्न नीति बनाए पछि सडकमा बन्दकर्ताहरु छैनन् । बन्द कर्ता नभए पनि लामो तथा छोटो दुरीका सार्वजनीक यातायात सन्चानल हुन सकेका छ्रनन् । पोखरा उद्योग बाणिज्य संघ बन्द खुलाउन भन्दै विहान मोटर साइकल ¥याली निकालेको छ । त्यस पछि बजार क्षेत्रका केहि पसलहरु खुलेका छन् । 

बन्दको भद्र अबज्ञा गर्ने भन्दै उद्योग बाणिज्य संघले सबै पसल, कलकारखाना खोल्न उद्योगी व्यवशायीलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले आग्रह गरे । थापाले संविधान जारी पछि देश अब आर्थिक क्रान्तिमा लाग्नु पर्ने बताउदै बन्द सधैका लागी बन्द गर्नु पर्ने बताए । पोखरा उद्योग वाणिज्य संघबाट निस्केको ¥याली पोखरा महेन्द्रपुल, पृथ्वी चोक, मुस्ताङ्ग चोक, लेकसाइड सभागृह चोक हुदै पुन संघकै कार्यालय अगाडी पुगेर ¥याली टुङगिएको थियो । सडकमा कही कसैले अबरोध गरे खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .