BREAKING NEWS

Wednesday, September 30, 2015

मेलोडीले ग¥यो सामाजिक कार्य र ‘मेलोडी अवार्ड’ घोषणा


पोखरा १२ असोज
पहिलो वार्षिकोत्सवको अवसर पारेर चिप्लेढुंगास्थित मेलोडी क्याफे एण्ड लाउन्ज बारले ‘मेलोडी अवार्ड’को घोषणा गरेको छ । प्रदेश नम्बर ४ मा रहेर गीतसँगीतको क्षेत्रमा लागेका सर्जकहरुको सम्मानका लागि अवार्डको घोषणा गरेको क्याफेले जनाएको छ ।

यो अवार्ड गीतसँगीतमा लागेर पनि मोफसल भएका कारण ओझेलमा परेका प्रतिभावान सर्जकहरुको सम्मानका लागि घोषणा भएको क्याफेका संचालक विनोद बानियाँले जानकारी दिए । यो अवार्ड अर्को वर्ष मात्रै स्रष्टालाई दिईने क्याफेले जनाएको छ । अवार्डमा २५ हजार ५ सय २५ रुपैयाँको साथमा सम्मानपत्र र दोसल्ला रहनेछ ।

त्यस्तै मेलोडी क्याफेले वार्षिकोत्सवकै अवसर पारेर बाटुलेचौरमा रहेका अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आश्रित ३२ जना बालबालिकालाई झोलासँगै २५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण समेत गर्ने जनाएको छ । मेलोडी क्याफेले वार्षिकोत्सवसँगै दशैँतिहारको अवसर पारेर गीतसँगीत सुन्दै खानपिन गर्न आउने आफ्ना ग्राहकहरुलाई समेत विशेष छुटको व्यवस्था गर्ने बताएको छ । मेलोडी क्याफे गायक विनोद बाँनीयासँगै शेखर शेरचन, गणेश बसौला र अशोक गुरुङ मिलेर संचालन गरेका हुन् । क्याफेमा हाल ९ जना कलाकारसहित ३२ जना कर्मचारीहरु कार्यरत छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .