BREAKING NEWS

Wednesday, September 30, 2015

राष्ट्रवादीको मेड ईन नेपाल समूह पोखरामा गठन, बिहिबार प्रभातफेरिको आयोजना


पोखरा, १३ असोज
पोखरामा रहेका राष्ट्रवादी तथा देशभक्त युवाहरुले मेड ईन नेपाल नामक सामाजिक संस्था गठन गरेका छन् । 
पछिल्लो समयमा छिमेकी राष्ट्रले गरेको असहयोगलाई चिर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप पोष्टराज दाहालको अध्यक्षतामा २७ सदस्यीय समूह गठन गरिएको हो । समूहको महासचिवमा यदुकुमार वस्ती चयन हुनु भएको छ ।

समूहले राष्ट्रलाई आत्मनिर्भर बनाउन सकेमात्रै स्वाभिमानी बन्न सकिने उद्देश्य तय गरेको छ । ‘‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँ’’ भन्ने नारा सहित देश विकासको बाटोमा लाग्ने एजेण्डा तय गरेको सदस्य बसन्त विनोदले जानकारी दिनुभयो । समूहले स्वदेशी उत्पादनको प्रयोगार्थ भोलि बिहिबार मानवअधिकारचोकबाट प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ । विहान ७ ः ३० बजे सुरु हुने कार्यक्रममा सहभागी भैदिन महासचिव वस्तीले आग्रह गर्नुभएको छ । ¥यालीमा राष्ट्रवादी पोखरेलीको सहभागीता रहने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारतले अघोषित नाकाबन्दी गरेपछि राष्ट्रवादीहरुले पर निर्भरताको असरलाई बुझेका छन् । उनीहरुले अघोषित नाकाबन्दीको विरोध समेत गर्दै आइरहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .