BREAKING NEWS

Saturday, September 26, 2015

लायन्स क्लब लेखनाथ सेभन लेक्ससिटीको बृक्षारोपण

लेखनाथ,९असोज। 
भरखरै मात्र स्थापना भएको लायन्स क्लब अफ लेखनाथ सेभन लेक्ससिटीले आफनो पहिलो कार्यक्रम बृक्षारोपण गरि सुरु गरेको छ।
लेखनाथ नगरपालिका बडा नं ४मा रहेको अमर ज्योती गाऊ फर्क माविको प्राङगणमा बिभिन्न जातका करिब एक सय १०विरुबा लगाई सस्थाले आफनो कार्यक्रमहरुलाई अगाडी वढाएको हो।

लायन्स क्लब अफ लेखनाथ सेभन लेक्ससिटीले वातारण संरक्षणमा सहयोग पु¥याउने उदेस्यले राखेको बृक्षारोपण कार्यक्रममा विरुबा रोप्दै लायन्स क्लब ३२५वी १का बृक्षारोपण कमिटिका संयोजक तिर्थबहादुर बस्नेत र साथमा अध्यक्ष असोक वराल सहित अन्य लायन्सका कर्मीहरु
                                    तस्विर भीमपाणि बराल
वातावरणको संरक्षण गरौं,भु क्षय हुनु भन्दा पहिला नै होसियारीका लागि बृक्षारोयण गरौ भन्ने मुल उदेस्यका साथ सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब ३२५वी १का बृक्षारोपण कमिटिका संयोजक तिर्थबहादुर बस्नेतले विरुवा लगाउनु मात्र ठुलो कुरा नभिई रोपियका विरुवाको संरक्षण गरेर हुर्काउनु ठुलो विषय भएको धारणा राखेका थिए।
लायन्स क्लब अफ लेखनाथ सेभन लेक्ससिटीका अध्यक्ष असोक बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा लायन्स क्लब मिडिया कमिटिका चियर प्रसन सुदिपराज ढुगाना,जोन चियर प्रसन बालकृृष्ण बराल,स्थानीय समाजसेबी नारायण बराल,देबेन्द्र रानाभाट,विनिमाधब अधिकारी, र विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटा लगाएतले बृक्षारोपणको महत्व र क्लबले अगाडि सारेका भाबी कार्यक्रमको सकरात्म पक्ष भएको विचार राखेका थिए।
क्लबका सचिब दिपक ज्योती ढुगानाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष मधुसुधन सापकोटाले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक बद्धिनाथ भण्डारीले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .