BREAKING NEWS

Sunday, September 27, 2015

लेखनाथ सहकारी सस्थाको अध्यक्षमा लामिछाने


भीमपाणि बराल
लेखनाथ,१०असोज। 
लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिबेसनले आगामी कार्यकालका लागि कुशलबाबु लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सर्बसम्बत रुपमा चयन भएको समितिको उपाध्यक्षमा अंम्बिका आचार्य,सचिबमा नगेन्द्र लामिछाने र कोषाध्यक्षमा किरण पौडेल रहेका छन् भने समितिको सदस्यमा हरिबहादुर जिसी,अंबिका सापकोटा,बलबहादुर गुरुङ,रामबहादुर सुनार,कमल बस्ताकोटी,मिना कुमारी बानियाँ र राजकुमार ढकाल रहेका छन्।
यसैगरि सोही भेलाले लेखा समितिको संयोजकमा भुबन लामिछाने र सदस्यमा सुदिरमणि लामिछाने र गोमा अधिकारीलाई छनोट गरेको छ भने ऋण उप समितिमा कलाधर पाण्डेलाई चयन गरेको र बाकी अन्य पदाधिकारीको पछि चयन गरिने भएको छ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका उपाध्यक्ष हरिभत्त पौडलले मानव सभ्यता सगसगै आएको सहकार्यको आधुनिक नाम सहकारी भएकोमा जोड दिदै पौडेलले सस्थाको लागि सदस्य र सदस्यहरुका लागि सहकारी हुन सके छरिएर रहेको पुजिलाई एकिकृत गरेर आय आर्जनका क्षेत्रमा लगानी बढाउन सकिने धारणा राखेका थिए।
सस्थाका अध्यक्ष कुशलबावु लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्बतमान अध्यक्ष नारायणदत्त बस्ताकोटी,सदस्य हरिबहादुर जिसी,सावित्री भटराई,ऋण उप समितिका सदस्य तिलकशाली सापकोटा,लेखनाथ जेसिजका अध्यक्ष विनोद लामिछाने,नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने,लक्ष्मी उच्च माविका प्रधानाध्यापक श्रीभद्र बराल,लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष बोधराज लामिछाने र खास्टेताल सहकारी सस्थाका अध्यक्ष देबानन्द लामिछाने लगाएतले सहकारीको आधार बनाएर कृषिको माध्यमबाट उत्पादन सिल क्षेत्रमा लगनी वढाउनु पर्ने सुझाब राखेका थिए।
सस्थाका सदस्य अम्बिका आचार्यले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गणेशभक्त अधिकारीले गरेका थिए भने कोषध्यक्ष खडानन्द लामिछानेले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए।   

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .