BREAKING NEWS

Friday, September 18, 2015

लेखनाथ उद्योग बाणिज्य संघको १९औं साधारण सभा

लेखनाथ,१असोज।
लेखनाथ क्षेत्रका उद्योगी ब्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १०औ महाधिबेशन तथा१९औं साधारण सभा शनिबार हुने भएको छ।
उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ वि.स. २०५४ साल असार २० गते स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघको आईतबार हुने निर्बाचनमा अध्यक्ष पदका लागि एल के शर्मा र लक्ष्मी प्रसाद त्रिपाठीका विच चुनाबी प्रतिश्पर्धा हुदै छ।
संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०,महिला सदस्य एक,एशोसियट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन निर्बाचन मार्फत गर्ने ब्यवस्था रहेको छ भने अन्य पदाधिकारी कार्यसमितीको सल्लाहमा अध्यक्षले तोक्न पाउने ब्यवस्था छ।

यस बर्प लेखनाथ उद्योग बाणिज्य संघको साधारण सदस्यमा एक हजार एक सय ८४जनाले नाम दर्ता गराएका छन् जुन गत बर्षको चुनाब भन्दा दुई सय ९७ ले वढि रहेको छ भने एशोसियट सदस्यमा ३५र सस्थागत तर्फ ६जना रहेका छन्।
आईतबार हुने चुनावमा एक महिला सदस्यका लागि विमला थापा बस्नेत र भरतपोखरी घर भएकी दिलकुमारी दाहाल सन्ध्याको उमेदवारी परे पनि थापाले त्रिपाठी समुहलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिए पछि दाहालले जित्ने निश्चित भएको छ।दाहालले त्रिपाठी प्यानलबाट र थापाले स्वतन्त्र रुपमा उमेदबारी दिएकी थिईन्।
यता सस्थागत र एसोसियट सदस्यका लागि विगतका बर्षहरुमा निर्विरोध हुदै आएकोमा यस पटक चुनाबी मैदानमा दुई दुई जना उमेदबार रहेकाले निर्बाचन हुने भएको छ।
खुल्ला तर्फको १०कार्यसमिति सदस्यका लागि २३जनामा मध्ये १२जना लक्ष्मी त्रिपाठीको समुहबाट,नौ जना एल के शर्माको समुहबाट चुनावी मैदानमा छन् भने लेखनाथ उद्योग बाणिज्य संघमा विगत तीन कार्यकाल देखि विभिन्न उप समितिमा वसी काम गर्दै आएका वर्तमान कार्यसमितिका सदस्य मेजर रामप्रसाद गुरुङ र लेखनाथ ८ शिसुवाका कृष्ण प्रसाद तिवारीले स्वतन्त्र रुपमा सदस्य पदका लागि उमेदबारी दिएका हुन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .