BREAKING NEWS

Saturday, September 12, 2015

लेखनाथ उद्योगी बाणिज्य संघको निर्बाचनका लागि अन्तिम नामावली प्रकाशित अध्यक्षमा शर्मा र त्रिपाठीको उमेदवारी कायमै,सदस्य एकको उमेदवारी फिर्ता,२३चुनावी मैदानमा


भीमपाणि बराल
लेखनाथ,२६भदौ।
 लेखनाथ उद्योग बाणिज्य संघको १९औ बार्षिक साधारण सभा तथा दर्शौ अधिवेशनका लागि निर्बाचन समितिले सनिबार अन्तिम नामावली प्रकासन गरेको छ।  
निर्वाचनको कार्यतालिका अनुसार शनिवार दिउसो साढे दुई बजेसम्म उमेदवारी फिर्ता लिने समय रहेकोमा सदस्य पदका विरभद्र कडेलले मात्र उमेदवारी फिर्ता लिएका छन्। प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्ष पदमा एल के शर्मा भटराई र बर्तमान प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीको उमेदवारी कायमै रहे पछि दुई पक्षका विच चुनाव हुने पक्का भएको छ। उमेदवारी फिर्ता लिएका कडेल शर्मा प्यानलको तर्फबाट उमेदवारी दिएका थिए।
आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गरिने भएकाले यस अधिबेसनलाई विषेश रुपमा हेरिएको छ।संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०,महिला सदस्य एक,एशोसियट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन निर्बाचन मार्फत गर्ने ब्यवस्था रहेको छ भने अन्य पदाधिकारी कार्यसमितिको सल्लाहमा अध्यक्षले तोक्न पाउने ब्यवस्था छ।
असोज ३ गते हुने चुनावमा एक महिला सदस्यका लागि विमला थापा बस्नेत र भरतपोखरी घर भएकी दिलकुमारी दाहाल सन्ध्याको उमेदवारी परेको छ।दाहालले त्रिपाठी प्यानलबाट र थापाले स्वतन्त्र रुपमा उमेदबारी दिएकी हुन्।
यता एक एशोसियट सदस्यका लागि लेखनाथ हाडबर्यस एसोसियसनका बरिष्ठ सल्लाहकार भक्तबहादुर केसीले र फर्निचर ब्यवसायी समिति कास्कीका सह सचिब उपेन्द्रराज सुबेदी (राजु)को उमेदबारी कायमै रहेको छ।३५सदस्यहरुले मत हाल्न पाउने एशोसियट सदस्यमा सुबेदीले एल के प्यानल र केशीले त्रिपाठी प्यानलबाट उमेदबारी दिएका हुन्।
यसैगरि एक संस्थागत सदस्यमा दामोदरभक्त थापा र बुद्धि बास्तोलाको उमेदवारी कायमै रहेको छ।उनीहरुले कुनै पनि प्यानलको प्रतिनिधित्व नगरी स्वतन्त्र रुपमा उमेदवारी दिएका हुन्। थापा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको तर्फबाट र बास्तोला बेगनासताल बस संचालक समितिको तर्फबाट उमेदवारी दिएका हुन्।सस्थागत  सदस्यका लागि ६ जनाले मात्र मतदान गर्न पाउने छन्।
खुल्ला तर्फको १०कार्यसमिति सदस्यका लागि २३जनाका विच चुनावी प्रतिस्पर्धा हुने भएको छ।उमेदबारी कायम भएकाहरुमा बलराम ढकाल,ईन्जिनियर वसन्तमोहन भटराई,भरतकुमार अधिकारी,भीमबहादुर सार्की(काईला),विनोद श्रेष्ठ,छत्रधर आत्रेय,धनु गिरी,धिरज श्रेष्ठ,दिपेन्द्र ज्योती ढुगाना,गीता सुबेदी,गोपिचन्द्र बास्तोला,कृष्णहरि भण्डारी,कृष्णप्रसाद तिवारी,महेश्वर आचार्य,मेनुका श्रेष्ठ,प्रशान्तराज धमला,पुर्णबहादुर घले गुरुङ,राजेन्द्र ओझा,मेजर रामप्रसाद गुरुङ,रामजी पौडेल, रामजी प्रसाद अधिकारी,ऋषिराम जमरकटेल र शिबप्रसाद भण्डारी रहेका छन्।
सदस्य पदका लागि उमेवारी दिएका २३जनामा मध्य १२जना लक्ष्मी त्रिपाठीको समुहबाट,नौ जना एल के शर्माको समुहबाट चुनावी मैदानमा छन् भने लेखनाथ उद्योग बाणिज्य संघमा विगत तीन कार्यकाल देखि विभिन्न उप समितिमा वसी काम गर्दै आएका वर्तमान कार्यसमितिका सदस्य मेजर रामप्रसाद गुरुङ र लेखनाथ ८ शिसुवाका कृष्ण प्रसाद तिवारीले स्वतन्त्र रुपमा सदस्य पदका लागि उमेदबारी दिएका हुन्।
यस बर्प लेखनाथ उद्योग बाणिज्य संघको साधारण सदस्यमा एक हजार एक सय ८४मतदाता रहेका छन् जुन अघिल्लो चुनाब भन्दा दुई सय ९७ ले वढि रहेको छ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .