BREAKING NEWS

Monday, September 21, 2015

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा त्रिपाठी विजयी,सदस्यमा अधिकांस पुराना अनुहार,सस्थागतमा थापा र एसोशिएटमा सुवेदी विजयी


लेखनाथ,४असोज।
लेखनाथ उद्योग बाणिज्य संघको १० महाधिवेशनबाट संघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी अध्यक्षमा विजयी भएका छन् ।
उनले पाँच सय ९९ प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्दी लालकृष्ण शर्मा भट्टराईले चार सय ८३ मत प्राप्त गरेका छन् ।  त्रिपाठीले १ सय १६ मतको अन्तरले विजयी भएका हुन्।
संघको संस्थापन पक्षको पुरै समर्थन पाएका त्रिपाठीले १७ बर्ष अनवरत रुपमा संघमा विभिन्न पदमा रहि काम गर्दै आएका थिए।
सदस्यमा त्रिपाठी समूहकै छत्रधर आत्रेयले सर्वाधिक ७ सय ६१ मत ल्याएर विजयी भएका छन् । यसैगरी दोश्रोमा कृष्णहरि भण्डारीले ५ सय ९९ मत प्राप्त गरेका छन् । तेश्रोमा ५ सय ९८ मत ल्याएर बलराम ढकाल विजयी भएका छन् । यसैगरी सदस्यहरुमा ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझाले ५ सय ७० मत प्राप्त गरेका छन् । यसैगरी सदस्यमा भरतकुमार अधिकारीले ५ सय ६५ मत प्राप्त गरेका छन् ।  विनोद श्रेष्ठको ५ सय ५६ मत आएको छ । गोपीचन्द्र बास्तोलाले ५ सय ४७ मत प्राप्त गरेका छन् । यसैगरी सदस्यमा ईन्जिनियर बसन्त मोहन भट्टराईले ५ सय ३१ मत प्राप्त गरेका छन् । भने दशौ स्थानमा गितादेवी सुवेदी विजयी भएकी छन् । उनले ४ सय ९४ मत प्राप्त गरेकी छन् । खुल्ला तर्फ एल के शर्माको समूहबाट सुवेदी मात्रै विजयी भएकी छन् ।
यसैगरी महिला तर्फ डिल कुमारी दाहाल सन्ध्याले ७ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । संस्थागत तर्फ त्रिपाठी समूहकै दामोदरभक्त थापा विजयी भएका छन् भने एशोसियटमा एल के शर्मा समूहबाट उपेन्द्र सुवेदी विजयी भएका छन् ।
यस पटक नयाँ अनुहारमा राजेन्द्र ओझा, दामोदर भक्त थापा र उपेन्द्र सुवेदी निर्बाचित भएका छन् ।
सदस्यहरुमा रामजी प्रसाद पौडेलले ४ सय ६८, प्रशान्त धमलाले ४ सय ६५, मेनुका श्रेष्ठको ३ सय ९४, पुर्णवहादुर घलेको ३ सय ६८, धिरज कुमार श्रेष्ठले ३ सय ५२, भिमवहादुर सार्की ३ सय ४५, शिवप्रसाद भण्डारी ३ सय १७, मेजर रामप्रसाद गुरुङ्गले ३ सय ७, महेश्वर आचार्य २ सय ५९, धनु गिरी २ सय ७२, रामजी प्रसाद अधिकारी २ सय ६६, कृष्णप्रसाद तिवारी २ सय ५१ र दिपेन्द्र ज्योति ढुंगानाले २ सय ३० मत प्राप्त गरेका छन् । महिला तर्फ उम्मेदवारी फिर्ता लिए पनि बिमला थापा बस्नेतका नाउँमा २ सय ७५ मत खसेको थियो । 
यस पटक पराजय भोग्नेमा अघिल्लो कार्यकालका तीन सदस्य रहेका छन् । महिला तर्फका मेनुका श्रेष्ठ र एशोसियटका प्रशान्तराज धमला तथा मनोनित सदस्य मेजर रामप्रसाद गुरुङ्ग पराजित भएका हुन ।
कुल १ हजार १ सय ८४ मतदाता रहेकामा एक हजार १ सय २४ मत खसेको थियो भने ३५ मत बदर भएका थिए ।
यसै मतगणना सकिए तलगतै निर्बाचन आयुक्त अधिबक्ता खगेन्द्रराज आचार्यले निर्बाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .