BREAKING NEWS

Monday, September 21, 2015

नवनिर्वाचित अध्यक्ष त्रिपाठीद्धारा पदाधिकारीको कार्यविभाजन, श्रेष्ठ असन्तुष्ट


लेखनाथ : लेखनाथ उद्योग बाणिज्य संघको दशौं अधिवशेनबाट अध्यक्ष पदमा निर्वाचित भएका लक्ष्मी प्रसाद त्रिपाठीले पदाधिकारीको समेत कार्यविभाजन गरेका छन् । उनले प्रथम उपाध्यक्षमा कृष्णहरि भण्डारी, द्धितिय उपाध्यक्षमा बलराम ढकाल र महासचिवमा छत्रधर आत्रेयलाई जिम्मेवारी दिएका छन् । यसैगरी उपमहासचिवमा पुन भरतकुमार अधिकारी दोहोरिएका छन् । त्रिपाठीले कोषाध्यक्षमा गोपिचन्द्र बास्तोलालाई जिम्मेवारी तोकेका छन् ।

कार्यसमितिको कार्य विभाजन अनुसार अध्यक्ष, द्धितिय उपाध्यक्ष र कोषाध्यक्ष बामपन्थी रहेका छन् । त्रिपाठी र ढकाल एमाले एवं बास्तोला माओवादी निकट मानिन्छन । यसैगरी प्रथम उपाध्यक्ष भण्डारी, महासचिव आत्रेय र उपमहासचिव अधिकारी काग्रेस निकट मानिन्छन । पदाधिकारीमा आधा आधा भागवण्डा परेको छ । यसैगरी त्रिपाठीले मनोनित सदस्यमा समेत एक जना माओवादी र एक जना एमालेलाई मनोनित गरेका छन् । तिवारी एमाओवादी र सापकोटा एमाले निकट मानिन्छन् । त्रिपाठीले विशिष्ट सदस्यमा भरखर पूर्व अध्यक्ष बनेका सुमन भट्टराई र बरिष्ठ सल्लाहकारमा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र गणेशवहादुर श्रेष्ठलाई चयन गरेका छन् । त्रिपाठीले सल्लाहकारमा नेत्रपाणि बास्तोला देवराज पन्थीलाई, बिमला बस्नेतलाई महिला उद्यमीको संयोजकमा चयन गरेका छन् ।  थापाले यसअघि त्रिपाठीको समूहलाई समर्थन गर्दै उम्मेदवारी झिकेकी थिईन ।

यसैविच कार्यविभाजन प्रति निर्वाचित सदस्य विनोद कुमार श्रेष्ठले असन्तुष्ट व्यक्त गरेका छन् । त्रिपाठीले पदाधिकारीको कार्यविभाजनको घोषणा गरे लगतै श्रेष्ठले असन्तुष्टी जनाउँदै मञ्चबाट विजय उत्सवको कार्यक्रममा भाग नलिईकन बाहिरिएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .