BREAKING NEWS

Thursday, September 10, 2015

लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा त्रिपाठी र शर्माको उम्मेदवारी, १३ सदस्य पदमा ३० जनाको उम्मेदवारी


लेखनाथ : लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा लक्ष्मीप्रसाद त्रिपाठी र एल के शर्माले उमेदवारी दर्ता गराएका छन् । महिला सदस्यमा २, संस्थागतमा २ र एशोसियटमा २ जनाले उम्मेदवारी दिएका छन् भने १० सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् ।
संघको निर्वाचन तालिका अनुसार आज विहान ११ बजे देखी २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको थियो । अध्यक्ष पदका प्रत्यासी त्रिपाठी र शर्माले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवारी दिएकामा एशोसियटमा भक्तवहादुर के.सी र उपेन्द्र सुवेदी, संस्थागत तर्फ होटल एशोसियशनका दामोदर भक्त थापा र बेगनासताल बस संचालन समितिका बुद्धिप्रसाद बास्तोलाले उम्मेदवारी दिएका छन् ।
महिला सदस्यमा विमला कुमारी बस्नेत र दिलकुमारी दाहाल सन्ध्याले उम्मेदवारी दिएका छन् । एशोसियट, संस्थागत र महिला सदस्य एक÷एक पदका लागि ६ जनाको उम्मेदवारी परेको हो । एशोसियटका केसी, संस्थागतका थापा र महिला तर्फका दिलकुमारी दाहाल त्रिपाठी समूहका हुन ।
यसैगरी खुल्ला तर्फ १० सदस्य पदका लागि २४ जनाको उम्मेदवारी परेको छ । सदस्यमा त्रिपाठी समूहबाट कृष्णहरी भण्डारी, बलराम ढकाल, छत्रधर आत्रेय, भरतकुमार अधिकारी, बसन्त मोहन भट्टराई, विनोद श्रेष्ठ, ऋषिराम जमरकट्टेल, प्रशान्त धमला, गोपिचन्द्र वास्तोला, मेनुका श्रेष्ठ, रामजी पौडेल र राजेन्द्र ओझाले उम्मेदवारी दर्ता गराएका छन् ।
शर्माको समूहबाट एशोसियटमा उपेन्द्र सुवेदीले उम्मेदवारी दिएका छन् भने सदस्यमा धिरज श्रेष्ठ, भिमवहादुर सार्की, बिरभद्र कंडेल, धनु गिरी, दिपेन्द्र ज्योति ढुंगाना, गितादेवी सुवेदी, महेश्वर आचार्य, पूर्णवहादुर घले गुरुङ्ग, रामजी प्रसाद अधिकारी र शिवप्रसाद भण्डारी रहेका छन् । मेजर रामप्रसाद गुरुङ्ग र कृष्ण प्रसाद तिवारी भने कुनै पनि समूहमा खुलेका छैनन् । संघको असोज ३ गते नयाँ कार्यसमितिको निर्वाचनमा १ हजार १ सय ८४ जनाले मतदान गर्ने छ । जसमध्ये एशोसियटमा ३५ जनाले र संस्थागतमा ६ जनाले मतदान गर्नेछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .