BREAKING NEWS

Saturday, September 19, 2015

निजी क्षेत्र सशक्त बनाउन लगानी मैत्री वातावरण अवस्यक–गभर्नर नेपाल


विष्णुहरि पौडेल
       लेखनाथ,२ असोज । नेपाल राष्ट्र वैंकका गभर्नर डाक्टर चिरन्जीवी नेपालले निजी क्षेत्रलाई सशक्त बनाउन लगानी मैत्री वातावरण आवस्य रहेकोमा जोड दिएका छन्। लेखनाथ उद्योग वाणिज्य संघको  १९ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनको सनिवार लेखनाथमा उद्घाटन गर्दै उनले निजी क्षेत्र सशक्त नभए देश वलियो नहुने वताउदै विभिन्न किसिमका बाधा अवरोधका बाबजुत निजी क्षेत्रले पुजिगत अर्थतन्त्रलाई बलियो बनाएको विचार राखेका थिए। 
स्वदेशी श्रम र पसिनालाई विदेशमा खेर फाल्न नहुने कुरा बताउदै उनले देशमा नै केही गरौ भन्ने सोचका साथ सृजनशील हात प्राकृतिक विपत्तीबाट पाठ सिकेर अगाडि वढ्ने हो भने नेपाल र नेपाल र नेपालीको भविश्य सुनौलो रहेको प्रशंग उल्लेख गरेका थिए।
सरकारले हरेक आर्थिक गतिविधिहरुमा निजी क्षेत्रसंग सहकार्य गर्दै अघि वढनु पर्ने वेला आएको विचार व्यक्त गर्दै डा.नेपालले समाजबादमा खुल्ला अर्थतन्त्रको महत्वपुर्ण भुमिका रहने धारणा समेत राखेका थिए। नयां संविधान घोषणा हुने भएपछि संविधान आउंदैनकी भन्ने द्धिविधा  अव हटेको छ भन्दै गभर्नर डा . नेपालले हरेक नागरिकले मुलुकवाट के लिए भन्दा पनि के दिए भन्ने सोचका साथ अघि  वढ्नु पर्ने वेला आएको विचार राखेका थिए। गभर्नर डा . नेपालले विदेशी दातृ निकायले दिएको सहयोगले २० वर्षमा हुने काम हामी आफ्नै श्रोत र साधन जुटाएर कस्सियौं भने त्यस्तो काम पाँच वर्षमै पूरा गर्न सक्छौं उनको भनाई थियो। कार्यक्रममा शिक्षा सचिव विश्व प्रकाश पण्डितले लेखनाथ नगर क्षेत्रमा जहां जे विकासको संभावना छ त्यसलाई त्यहि ठाउबाट अगाडि वढाउंदै गयौं भने नगरपालिका छिट्टै नै एक नमूना शहर वन्ने विश्वास व्यक्त गरेका थिए।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले उत्पादनशील
क्षेत्रको पहिचान गरी लगानी वढाउनु पर्नेमा जोड दिएका थिए।

नेपाली कांग्रेस कास्कीका सभापति एवं सभासद यज्ञ वहादुर थापाले अव संविधान घोषणा भएपछि कल झगडा छोडेर आर्थिक समृद्धितिर लाग्न सवैसंग आग्रह गरेका थिए। संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पारालिगल कमिटी लेखनाथकी अध्यक्ष कोपिला रानाभाट र एकिकृत नेकपा माओबादी कास्कीका अध्यक्ष दिपक कोईराला लगायतका वक्ताले आ आफनो धारणा राखेका थिए।
संधका महासचिब बलराम ढकालले संचालन गरेको सो कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए।
संघको आईतबार विहान देखि हुने मतदानले आगामी दुई वर्षका लागि नयां नेतृत्व समेत चयन गर्ने भएको छ। निर्बाचनको कार्यक्रम अनुसार विहान ८ बजे देखि दिउसो २वजेसम्म मतदानको प्रक्रिया चल्ने निर्बाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिएका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .