BREAKING NEWS

Sunday, September 27, 2015

गगनगौंडा डिपो रित्तिदै, आज बजारमा पेट्रोल ३६ र डिजेल ८४ हजार लिटर आपूर्ति


लेखनाथ, १० असोज
विगत केही दिन देखी पेट्रोलियम पदार्थको आपूर्ति ठप्प हँुदा नेपाल आयल निगमको गगनगौंडा डिपो पनि रित्तिएको छ । लोडका लागि पुगेका ट्यांकरलाई भारतिय आयल कर्पोरेशन (आइओसी) ले रक्सोलबाट पेट्रोलियम पदार्थ नदिएपछि यसको प्रभाव देशै भर परेको छ । मधेस आन्दोलनमा समेत स्कटिङ गरेर आपूर्ति सुचारु गरिएको पेट्रोलियम पदार्थ बुधबार देखी ठप्प छ । आइओसीको रक्सोल स्थित डिपोबाट लोड भएका ट्याङ्गर अमलेखगञ्ज हुँदै यस क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको थियो । पछिल्लो समयमा भारतले अघोषित नाकाबन्दी गरेपछि भारतिय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ दिएको छैन ।
अमलेखगञ्जबाट आपूर्ति हुन नसक्दा लेखनाथको गगनगौंडामा रहेको डिपो समेत रित्तिदै गएको छ । निगमको २२ लाख लिटर डिजल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डार क्षमता रहेकोमा आकस्मीक बाहेक सवै रित्तिएको डिपो प्रमुख मनोज ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार डिपोबाट आइतबार यस क्षेत्रमा ३६ हजार लिटर पेट्रोल र ८४ हजार लिटर डिजल विभिन्न पेट्रोल पम्पहरुमा पठाइएको छ । सोही परिमाणमा अर्को एक दिन बजारमा पठाएपछि डिपोमा आकस्मीक अवस्थाका लागि बाहेक इन्धन सकिने ठाकुरले जानकारी दिए । सवै पम्पमा डिजल र पेट्रोल अल्टरनेट गरी ३६ हजार लिटर पेट्रोल र ८४ हजार लिटर डिजल आपूर्ति गरिएको ठाकुरले जानकारी दिए ।
पोखरामा दैनिक ७० देखी ८० हजार लिटर पेट्रोल र १ लाख ५० हजार लिटर डिजेलको माग रहँदै आएको छ । सहज अवस्थामा माग बमोजिम आपूर्ति हुँदै आएको ठाकुरले जानकारी दिए ।
मधेस आन्दोलनका कारण पेट्रोलियम पदार्थको भण्डारण गर्न नसकिएको पनि उनले जानकारी दिए ।
असहज अवस्थामा डिपोसँग सहकार्य गरेर काम भैरहेको गण्डकी धौलागिरी पेट्रोलियम एशोसियशनका महासचिव राजन गोंगजुले जानकारी दिए । उनले असहज परिस्थितिमा संयमता अपनाउन समेत उपभोक्तालाई आग्रह गरेका छन् । २२ लाख लिटर क्षमताको डिजेलमा ३ लाख लिटर र ३ लाख ५० हजार लिटर क्षमताको पेट्रोलमा ८० हजार लिटर डेढलक स्टक मानिन्छ । साथै सुरक्षाका लागि पट्रोल ६० हजार र डिजल ८० हजार लिटर व्यवस्थापन गरिएको डिपो प्रमुख ठाकुरले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .