BREAKING NEWS

Wednesday, September 30, 2015

लेखनाथ उद्योग वाणिज्य संघद्धारा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ रामचन्द्र पौडेललाई विधाई


लेखनाथ, १३, २०७२

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ नगरपालिकाका सेवाको क्रममा सरुवा भई जान लाग्नुभएका कार्यकारी अधिकृत रामचन्द्र पौडेललाई वुधवार एक कार्यक्रमका विच लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा विधाई कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सरुवा भई जान लाग्नुभएका कार्यकारी अधिकृतले उद्योगी र व्यवसायीहरुसंग सहकार्य गरि  लेखनाथको आर्थिक सामजिक विकासमा गरेका महत्वपुर्ण कार्यको प्रशंशा गर्दै आगामी दिनमा पनि जहा जता जुन पदमा रहेतापनि राम्रो कार्य गरि सेवा गर्नका लागि शुभकामना समेत दिनुभएको थियो ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले सवैको सहयोग र समर्थनले लेखनाथको विकासका लागि ईट्टा थप्नका लागि सफल भएको साथै लेखनाथका विकासका लागि निजी क्षेत्र एक भएर लाग्नका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, पुर्व अध्यक्ष तथा विशिष्ट सदस्य सुमन भट्टराई, पुर्व अध्यक्ष चतुराखर अधिकारी लगायतका महानुभावहरुले सरुवा भई जान लाग्नुभएका कार्यकारी अधिकृतलाई अविर र खादा लगाई विधाई गर्नुहुर्दै लेखनाथको आर्थिक तथा सामाजिक विकासमा कार्यकारी अधिकृतले गर्नुभएको योगदानको प्रशंशा गर्दै आफ्नो सेवा अवधीमा स्वच्छ छवी कायम गर्न सफल हुनुहोस भनी शूभकामना समेत व्यक्त गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीलेले उपस्थित सवैलाई धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .