BREAKING NEWS

Wednesday, September 30, 2015

डाक्टर सचेत प्रभात श्रेष्ठलाई पित्रिशोक


पोखरा १२ असोज​ 
बरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर सचेत प्रभात श्रेष्ठलाई पित्रीशोक परेको छ ।डाक्टर श्रेष्ठका पिता गम्भिरमान श्रेष्ठको मंगलबार बिहान उपचारको क्रममा पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो । लामो समयदेखि मस्तिष्क घातको समस्याबाट पिडित श्रेष्ठको ८७ बर्षको उमेरमा मंगलबार निधन भ​एको पारिवारले जनाएको छ ।स्वर्गिय श्रेष्ठको मंगलबार नै पोखराको गाईघाटमा हिन्दु परम्परा  अनुसार अन्तिम संस्कार गरिएको छ । श्रेष्ठलाई उनका जेठा छोरा डाक्टर सचेत प्रभात श्रेष्ठले दागबत्ती दिएका थिए ।

बि स​ः १९८५ मा बुबा रत्नमान र आमा सरास्वती श्रेष्ठको सन्तानका रुपमा काठमान्डौ जन्मिएका स्वर्गिय श्रेष्ठका २ छोरा,  १ छोरी ,  ६ जना नातिनातिना र २  जना पनातिनि रहेका छन । स्वर्गिय श्रेष्ठकी धर्मपत्नीको केहि बर्ष पहिले नै निधन भईसकेको छ ।  पोखराको मनिपाल शिक्षण अस्पताल र पद्म नर्सिङ होम न्युरोडमा काम गर्दै आएका स्वर्गिय श्रेष्ठका जेठा छोरा डाक्टर सचेत प्रभात श्रेष्ठ पोखराका बरिष्ठ आँखा रोग बिशेषज्ञका रुपमा परिचित छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .