BREAKING NEWS

Saturday, September 19, 2015

आज संविधान जारी गरिंदै, घोषणाको भव्य तयारी

 काठमाण्डौ ३ असोज ।
संघीय गणतन्त्र नेपालको नयाँ संविधान आज जारी हुँदैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको अन्तिम बैठकबाट राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्नेछन् ।
आज साँझ ५ बजे संविधान जारी गर्ने तय गरिएको छ । ५ बजे राष्ट्रपति यादवले जारी गरेपछि लागू हुने र पुरानो अन्तरिम संविधान स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ ।
तीन सय ५० पृष्ठको नयाँ संविधानमा ३७ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन् । संविधानसभाले पाँच प्रति संविधान नेपाली कागजमा मुद्रण गरेको छ । राष्ट्रपति यादवले नेपाली कागजमा मुद्रण गरिएको संविधान जारी गरेपछि पाँच मध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयमा दुई कपी रहनेछन् ।
संविधानको प्रकाशित प्रतिको अन्तिम पृष्ठमा राखिएको ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु’ भन्ने विवरणमा हस्ताक्षर गरी राष्ट्रपतिले जारी गर्नेछन् । विशेष समारोहको तयारी पूरा संविधान जारी गर्ने विशेष समारोहको सम्पूर्ण तयारी पूरा भएको संविधानसभा सचिवालयले जनाएको छ ।
संविधान जारी गर्ने औपचारिक विशेष समारोहका लागि सचिवालयले भवन सजावट, राष्ट्रपतिको सवारीमा गरिने औपचारिक स्वागत र बिदाइ, अन्य अतिथिको स्वागत र समारोह दृश्यावलोकनका लागि स्थानको तय गरिसकेको छ । सचिवालयले रात्रिभोजका लागि समेत विशेष तयारी गरेको बताएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .