BREAKING NEWS

Friday, September 11, 2015

वि एम जीको रजत जयन्तीमा ११२ वर्षीय वृद्धालाई सम्मान


लेखनाथ,२५ भदौ। 
लेखनाथ नगरपालिका वडा १ मा रहेको वि.एम.जि. उच्च मा.वि.ले आफनो रजत जयन्तीको अबसर पारेर लेखनाथ ११ पचभैया सिमलडाँडा निवासी ११२ बर्षियकी धन कुमारी गुरुङ्गलाई नेपाल कै जेष्ठ नागरीकको रुपमा सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय हजुर वुवा र हजुरआमा दिवसको अवसर पारेर विद्यालयको एक प्रतिनिधी टोलीले उनको घरमा नै पुगी सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरेको हो।
विद्यालयले सामाजीक क्षेत्रमा देखाउदै आएको सामाजीक उत्तरदाईत्वलाई बहन गर्दै ११२ वर्षिय वृद्धा धन कुमारी गुरुङ्गलाई अन्तर्राष्ट्रिय  हजुरवुवा र हजुरआमा दिवसको अवसरका सम्मान गरीनुले यस क्षेत्रको मात्र हैन नेपाल अधिराज्य भरकै वृद्ध वृद्धाको सम्मान भएको वि.एम.जि. उच्च मा.वि.का संस्थापक डा. भिमसेन गुरुङ्कले बताएका थिए।
११२ वर्षिय वृद्धा धन कुमारीको जन्म वि.स. १९६०÷०५÷०७ गते कास्की जिल्लाको साततालको वगैचा शहर लेखनाथ नगरपालिको बेगनास र रुपा तालको विचमा पर्ने सिमल डाँडामा भएको हो।उनका एक नाती,दुई पलाती,तिन पलातीनी,चार खलाती र एक खलातिनी रहेका छन् ।एक जना मात्र छोरा बिले गुरुङको केहि बर्ष पहिला मृतु भएपछि उनको रेखदेख नाती राजु गुरुङले गर्दै आएका छन्।
उनको स्वास्थ अवस्था सामान्य रहेको छ। कान केही कम सुन्ने र खाना आफै खाने र हिडडुल गर्न नसक्ने धन कुमारीको आडमा गएर बोलाउने हो भने को काहाँबाट आएको भनेर सोध्ने गर्छिन नाती राजुले भने।
राज्यले जेष्ठ नागरिकका लागि विभिन्न सुविधा दिए पनि धनकुमारीको उपचार गराउदा समेत निजी हस्पिटलहरुले टिकटको शुल्क र औषधीको पौसा लिने गरेकाले आफुले हजुर आमाको उपचारमा केहि सहुलिएत नपाएको नाती राजुको गुनासो छ। आफनै गाउका श्बास्थ्य मन्त्रि भएका छन् भन्ने त सुनेको छु तर अहिले सम्म उपचारमा केहि सहयोग आएको छैन नाती राजुको भनाई छ।
यसै बिच विद्यालयले शुक्रबार विद्यालयमा हजुर वुवा र हजुरआमा दिवस कै आबसर पारेर प्रि नर्सरी देखि यु केजी सम्मका विद्यार्थीका हजुर आमा,हजुर बा मध्यका ८५ बर्षका वल वहादुर पुन र ७४ बर्षकी तुलसी बुडुर्जा पुनलाई समेत वि.एम.जि. उच्च मा.वि.का संस्थापक डा. भिमसेन गुरुङ्कले दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .