BREAKING NEWS

Thursday, September 3, 2015

रेडक्रस कास्कीको स्वर्ण जयन्तिको तयारी अन्तिम चरणमामा

भाद्र १७, पोखरा /नेपाल रेडक्रस सोसाइटी कास्की शाखा ५० वर्ष पुरा गरेको अवसरमा आयोजित स्वर्ण जयन्ति समापन कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । शाखाले विहिवार आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति वामदेव ढुङ्गानाले सो जानकारी दिनुभएको हो ।
शाखाको समापन भाद्र १९ गते हुदै छ । मानवताका लागि सेवा भन्ने मुल नाराका साथ शाखाले एक वर्ष भरि विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ति वर्ष मनाइरहेको छ । कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजीव थापाले गर्ने कार्यक्रम छ । कास्की शाखाको स्थापना वि.स. २०२२ साल भाद्र १९ गते भएको हो । एक वर्षभरी जुनियर सर्कलबीच विभिन्न कार्यक्रम, स्वास्थ्य शिविर, विशेष रक्तदान कार्यक्रम, वुक्षारोपण, स्मारिका प्रकाशन, मैत्रीपुर्ण फुटबल लगायतका कार्यक्रम सम्पन्न गरेको छ । स्वर्ण जयन्तिकै अवसरमा शाखाकै परिसरमा आकर्षक तरिकाले स्तम्भ निर्माण गरिएको शाखाका कोषाध्यक्ष एवम् स्तम्भ निर्माण समितिका संयोजक धर्मराज अधिकारीले बताउनुभयो ।
कार्यक्रमको प्रचार प्रसार विभिन्न माध्यमबाट तिव्र पारिएको शाखाका मन्त्री कृष्ण तिमील्सीनाले जानकारी दिनुभयो । सो अवसरमा रेडक्रस कास्कीलाई सहयोग पु¥याउने विभिन्न व्यक्ति, सहयोगी हातहरुलाई सम्मान समेत गरिने शाखाका उपसभापति डोलराज पाण्डेले बताउनु भयो । शनिवार विहान ७ः३० बजे चिप्लेढुङ्गामा जम्मा भई न्यूरोड हुदै सृजनाचोकमा आएर प्रभातफेरि समापन हुने छ । यसैगरी ९ बजे शाखामा निर्माण गरिएको स्तम्भ अनावरण र ११ बजे साइमन पार्टी प्यालेसमा सम्मान तथा समापन समारोह हुने रेडक्रस कास्कीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .