BREAKING NEWS

Monday, September 7, 2015

होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको सातौं साधारण सभा सम्पन्न


भीमपाणि बराल
लेखनाथ,२१भदौ। 
होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको सातौं साधारण सभा तथा तेस्रो अधिबेसन आईतबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गीरिले लेखनाथ नगर क्षेत्रको पर्यटन विकासका लागि यहाँ रहेका तालहरुको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए।
पोखरामा आएका पर्यटनलाई लेखनाथसम्म ल्याउनका लागि यहाँ स्तरिय होटलहरु चाहिन्छन् जसले पर्यटनको बसाई लम्ब्याउन सकियोस् भन्दै अध्यक्ष गीरिले छणिक नाफाँका लागि मात्र काम नगरी यहाँका ब्यवसायीहरुले दिर्घकालिन विकासको सोच बनाउनु पर्छ उनको सुझाब थियो।
सोहि अवसरमा बोल्दै लेखनाथ नगरपालिकका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले पर्यटन आउने होईनन उनिहरु त ल्याउने हो। लेखनाथमा आईसके पछि उनिहरुले छुटै अनुभब गर्न सकुन जुन अन्त पाउन नसकियोस भन्दै पौडेलले आएका पर्यटकलाई सम्मान,सत्कार र राम्रो ब्यवहार गर्न सक्नु पर्छ  उनको भनाई थियो।
लेखनाथ नगर पालिकाले अगाडि सारेको लेखनाथ भम्रण बर्ष २०७२।७३लाई  सफल पार्न ब्यवसायीहरु पनि योजना बद्ध तरिकाले अगाडी बढनु पर्छ जहाँ सहकार्यको भाबना सृजना होस उनको धारणा थियो।
होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका अध्यक्ष दामोदर भक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी,लि बर्डका ईन्द्र पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष छत्रधर आत्रे,सदस्य ईन्जिनियर बशन्त मोहन भटराई,लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमला,लेखनाथ कुटानी पिसानी ब्यवसायी समितिका अध्यक्ष रामजी पौडेल, बेगनास मत्स्य ब्यबसायी समितिका अध्यक्ष झलक जलारी,बेगनासताल महिला समुहकी अध्यक्ष राजुमायाँ थकाली, होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका बरिष्ठ सल्लाकार दोमोदर भक्त थापा,लेखनाथ हाडबर्यस एसोसियसनका बरिष्ठ सल्लाकार भक्तबहादुर के सी र संचारकर्मी नबराज सापकोटा लगाएतले लेखनाथमा गत बर्ष देखि संचालन हुदै आएको फिस फेष्टिबललाई निरन्तरता दिनु पर्ने सुझाब राखेका थिए।
होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन महासचिब बिरभद कडेलले गरेका थिए भने धन्यबाद ज्ञापन सस्थापक अध्यक्ष किरणराज खनालले गरेको लेखनाथबाट हाम्रा सहयोगी पत्रकार भीमपाणि बरालको समचारमा उल्लेख गरिएको छ।

नयाँ कार्यसमितिको नामाबली आउदै छ जसका लागि ९८५६०२३८२८मा सम्पर्क गर्नु होला

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .