BREAKING NEWS

Wednesday, September 2, 2015

भण्डारढिक टोल बिकास सस्थामा पुन गुरुङ


लेखनाथ,१६भदौं।
भण्डारढिक टोल विकास सस्थाको सातौ साधारण सभा तथा चौथो अधिबेसनले आगामी कार्यकालका लागि पुन जंगबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सर्बसम्बत रुपमा चयन भएको समितिको उपाध्यक्षमा विषाल श्रेष्ठ,सचिबमा विनोद गुरुङ,सह सचिबमा इमान गुरुङ र कोषाध्यक्षमा सुदिप न्यौपाने रहेका छन् भने समितिको सदस्यमा जमुना पौडेल,गीता घले,जगत बहादुर गुरुङ र शालिकग्राम पौडेल रहेका छन्।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिका गाउ नगर साझेदारी बिभाग प्रमुख रबिन्द्र अधिकारीले आफनो टोलको बिकासका लागि स्वयम स्थानीयबासीहरु नै सक्रिय हुनु पर्नेमा जोड दिएका थिए।

भण्डारढिक टोल बिकास सस्थाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको सो
कार्यक्रममा संयुक्त गोर्खा भुपु सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद
गुरुङ,जनप्रकास उच्च माविका प्राचार्य शिबमणि भण्डारी,आर्दश युबा क्लबका अध्यक्ष
लक्ष्मी प्रसाद भण्डारी,शिद्धार्थ बुद्ध विकास सस्थाका अध्यक्ष सुबेदार चन्द्रबहादुर
गुरुङ,नब ज्योती टोल बिकास सस्थाका अध्यक्ष चोकबहादुर गुरुङ,नबदुर्गा टोल बिकास सस्थाका अध्यक्ष सुबेदार पदम बहादुर गुरुङ र सस्थाका सल्लाकार बालकृष्ण आचार्य लगाएतले टोल विकास सस्थाले स्थानीय स्तरको विकासमा खेलेको भुमिकाका बारेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .