BREAKING NEWS

Saturday, September 5, 2015

मिस क्विन लेखनाथको पहिलो अडिसन सम्पन्न

लेखनाथ, १९ शनिवार
लेखनाथमा नै पहिलो पटक हुन लागेको मिस क्विन लेखनाथको पहिलो अडिसन लेखनाथमा सम्पन्न भएको छ । लेखनाथ १ भण्डारढीक स्थित लेखनाथ उद्योग वाणिज्य संघको हलमा भएको अडिसनमा १९ जनाको प्रतिस्पर्धा वाट १५ जनालाई छनोट गरीएको कार्यक्रम संयोजक सन्दिप पौडेलले जानकारी दिएका छन् । ४ जना निर्णयकहरु पुर्व मिस लेखनाथ रोशनी हमाल, वरिष्ठ कोरीयोग्राफर सृष्टी सेन्चुरी, व्युटिसियन इन्दिरा रोक्का, फेशन डिजाइनर अमित वराल निर्णयकमा रही १५ जनालाई छनोट गरीएको छ । त्यसै गरी आयोजक लेखनाथ मिडिया हाउसले दोस्रो अडिसन २६ गते शनिवार गरीने जानकारी गराएको छ ।
यस प्रतियोगिताको विजयी अर्थात मिस क्विन लेखनाथले नगद, म्युजिक भिडियो, गिÇट लगाएत अन्य धेरै पुरस्कार प्राप्त गर्ने छन् । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .