BREAKING NEWS

Monday, September 14, 2015

निर्माण व्यवसायी समिति लेखनाथको काइलालाई सहयोग

भीमपाणि बराल
लेखनाथ, भदौ २८
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा निर्माण व्यवसायी समिति लेखनाथले आफ्नो प्रतिनिधिका रुपमा भिमवहादुर सार्की (काइला) को उम्मेदवारी रहेको जनाएको छ ।

समितिका अध्यक्ष किशान सिंह गुरुङ्गले सम्पूर्ण निर्माण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै, सदस्य पदमा उम्मेदवारी दिएका समितिका सदस्य सार्कीलाई विजयी गराउन सहयोग गरिदिन समेत आग्रह गरेका छन् । संघको असोज ३ गते हुने निर्वाचनमा काइलाको पक्षमा मतदानका लागि अध्यक्ष गुरुङ्गले अपिल गरेका छन् ।
उनले संघको सदस्य तथा काइला सप्लायर्सका भिमवहादुर सार्की लामो समय देखी निर्माण व्यवसायमा संलग्न रहँदै आएको र सो क्षेत्रको प्रतिनिधित्व गराउन पनि मतदान गरी सहयोग गरिदिन सवै व्यवसायीलाई आग्रह गरेका छन् । सार्कीले संघको कार्यसमितिलाई समावेशी बनाउन पनि आफुले उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .