BREAKING NEWS

Friday, September 4, 2015

विकास निर्माणमा राम्रो काम गर्दै गएमा वजेट अभाव हुंदैन–अर्थमन्त्री डा . महत


लेखनाथ, १८ भदौ ।
अर्थमन्त्री डा . रामशरण महतले विकास निर्माणमा   राम्रो काम गर्दै जाने हो भने सहयोगदाताहरु पनि थपिदै जान्छन र सरकार पनि साथमा रहने विचार राखेका छन्।
लेखनाथ नगरपालिकाको वडा नं . ७ डांडाको नाकमा श्रीकृष्णप्रणामी परमार्थ मिशन ट्रष्टद्धारा निर्माण गरिएको अनाथ सेवा आश्रम भवनको सुक्रबार उद्घाटन गर्दै उनले  आर्थिक अनियमितता , ढिलासुस्ती र रकमको दुरुपयोग गर्नेलाई भने कसैले पनि सहयोग नगर्ने बताएका हुन्।
जनताको आर्थिक उन्नति र समृद्धिको वाटोमा सरकार रहेको धारणा राख्दै अर्थ मन्त्री डा .महतले विकास गरेर देखाएमा सरकार जति पनि वजेट दिन तैयार रहेको जानकारी गराएका थिए।
गत आर्थिक वर्षमा विकास निर्माणमा पूंजीगत खर्च ७२ प्रतिशत भएको र २८ प्रतिशत वजेट खर्च हुन नसकेर फ्रिज भएको उल्लेख गर्दै उहांले कर्मचारी, राजनेता र ठेकेदारहरुले समय मै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गरे।
अहिले संविधान निर्माणको काम अन्तिमचरणमा पुगेको वताउंदै अर्थमंत्री डा . महतले संविधान निर्माणको अन्तिम वेलामा केही जिल्लाहरुमा वन्द, हडताल र तोडफोड हुनु दुर्भाग्य भएको टिप्पणी गरे।
पहाड र मधेसी जनता वीचको जातीय सद्भाव खलवल्याएर विभाजन गरी जातीय कलह वढाउने काममा मधेशका कतिपय शक्ति लागेकोे धारणा राख्दै अर्थमन्त्री डा . महतले त्यस्ता विभाजनकारी र खतरनाक तत्वलाई समयमै चिनेर सचेत रहन आम नागरिकसंग उनले आग्रह गरे।
अर्थ मन्त्री डा . महतले पोखरामा निर्माण गरिन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अव एक महीना भित्रमा शुरु हुने जानकारी दिंदै उनले चीनको एक्जीम वैंकले दिने ऋृणको व्याज घटाउन गरेको आग्रह गरिएपछि त्यसलाई मिलाउदा निर्माण कार्य अघि वढाउन केही समय ढिला भएको बताएका थिए।
 सोही अबसरमा नेपाल सरकारका मुख्य सचिव डा .सोमलाल सुवेदीले लेखनाथ नगरपालिकालाई नमूना शहर वनाउन सरकार स्थानीय निकायसंग सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए।
ट्रष्टका अध्यक्ष स्वामी विष्णु वसिष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सभासद यज्ञ वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल,चन्दादाता सूर्य मोहन भट्टराई,सम्पुर्ण महिलाहरुको तर्फबाट लक्ष्मी श्रेष्ठ,स्थानिय रामजी लामीछाने,भबन निर्माण समितीका अध्यक्ष मेजर रामप्रसाद गुरुङ र नेत्रपाणि बास्तोला लगायतका वक्ताहरुले बिकास निमार्णका लागि सरकार जनस्तरबाट सहकार्य हुनु पर्नेमा जोड दिएका थिए।
पांचकोठा र सभाहल सहित रहेको उक्त अनाथ सेवा आश्रम भवन करीव रु .५० लाखको लागतमा निर्माण गरिएको हो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .