BREAKING NEWS

Thursday, September 10, 2015

लेखनाथका उद्योगी ब्यवसायीहरुलाई चुनाब लाग्यो,आज उमेदबारी दर्ता


भीमपाणि बराल
लेखनाथ,२३भदौ।
लेखनाथ उद्योग बाणिज्य संघको असोज २र३ गते हुने दर्शौ अधिबेशन तथा १९ औ साधारण सभाका लागि यहाँका ब्यवसायीहरुलाई चुनाब लागेको छ।
आगामी दुई बर्षका लागि नयाँ नेतृत्व समेत चयन गरिने भएकाले यस अधिबेसनलाई विषेश रुपमा हेरिएको छ । जसका लागि यस क्षेत्रका ब्यवसायी नेताहरु विहान देखि बेलुका सम्म समुह बनाएर होस बा ब्यक्तिगत रुपमा ब्यवसायीको घर दैलोमा पुगी भोट माग्न ब्यस्थ देखिन्छन्।
संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०,महिला सदस्य एक,एशोसियट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन गर्ने ब्यवस्था रहेको छ।अन्य पदाधिकारीको भने कार्यसमितीको सल्लाहमा अध्यक्षले तोक्न पाउने ब्यवस्था छ।
चुनाबी मैदाना उत्रियका ब्यवसायी उमेदबारहरु संघको विकास र ब्यवसायी हक हितका एजेण्ड लिएर ब्यवसायीहरुको मन जित्ने कार्ययोजना बनाएर अगाडी बढेको देखिन्छ।
असोजको पहिलो सातामा हुन लागेको चुनाबी अधिबेसनका लागि संधका बर्तमान प्रथम उपाध्यक्ष  लक्ष्मीप्रसाद त्रिपाठी र पुर्ब सदस्य तथा गत बर्ष अध्यक्षका प्रत्यासी उमेदबार एल के शर्माले अध्यक्ष पदका लागि उमेदबारी दिने घोषणा गरि आ आफनो समुहमा दिनहु जसो ब्यवसायीहरुको घर दैलोमा पुगी आफनो पक्षमा भोट मागेको देख्दा ब्यवसायीहरुलाई पनि चुनाबी महालले तताएको छ।
संधको नयाँ नेतृत्बको लागि यस पटक पनि दुई समुह स्पष्ठ रुपमा देखिएको छ । सघका सस्थापन पक्ष त्रिपाठीको पक्षमा खुलेर लागेका छन् कोही पुराना र अधिकाम्स नयाँ अनुहारहरु शर्माको पक्षमा लागेको देखिन्छ।
त्रिपाठीको पक्षमा द्धितिया उपाध्यक्ष कृष्णहरि भण्डारी,महासचिब बलराम ढकाल,उप महासचिब भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय,सदस्यहरु बसन्तमोहन भटराई,ऋषिराम जमकटेल, बिनोद श्रेष्ठ,मेनुका श्रेष्ठ,प्रशान्तराज धमाला,गोपिचन्द्र बास्तोला र नयाँ अनुहार लेखनाथ हाडबर्यस एसोसियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा,बरिष्ठ सल्लाकार भक्तबहादुर केसी,कुटानी पिसानी ब्यवसायी समिति लेखनाथका अध्यक्ष रामजी प्रसाद पौडेल र महिला उमेदबार दिलकुमारी दाहाल सन्ध्या रहेकी छन्। केसीले एशोसियट सदस्यको तर्फबाट र दाहालले महिला सदस्यको तर्फबाट उमेदबारी दिदै छन्।
एल के शर्माको टिमबाट फर्निचर ब्यवसायी समिति कास्कीका सह सचिब उपेन्द्र सुबेदी (राजु),लेखनाथका सल्लाकार महेश्बर आचार्य, कार्यसमिती सदस्य पुरण घले अर्घौ बजार ब्यवसायी समितिका अध्यक्ष शिबप्रसाद भण्डारी,गीता सुबेदी,राजु बराल,रामजी प्रसाद अधिकारी,भीमबहादुर नेपाली (काईला)धिरज कुमार श्रेष्ठ,मोहन प्रधान र धनु गिरि रहेका छन्। यसरी सदस्य पदका लागि उमेदबारी दिने गिता सुबेदी बाहेक सबै नयाँ अनुहार रहेका छ। उपेन्द्र सुबेदीले भने एशोसियट सदस्यको तर्फबाट उमेदबारी दिने भएका छन्।  
यता सस्थागत सदस्यमा दामोदरभक्त थापा र बुद्धि बास्तोलाले स्वतन्त्र रुपमा उमेदबारी दिने निधो गरेका छन्। थापा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको तर्फबाट र बास्तोला बेगनासताल बस संचालक समितिको तर्फबाट उमेदारी दिने तयारीमा जुटेका हुन्।
यस बर्प लेखनाथ उद्योग बाणिज्य संघको साधारण सदस्यमा एक हजार एक सय ८४जनाले नाम दर्ता गराएका छन् जुन गत बर्षको चुनाब भन्दा दुई सय ९७ ले वढि रहेको छ भने एशोसियट सदस्यमा ३५र सस्थागत तर्फ ६जना रहेका छन्। चुनाबी कार्यक्रम अनुसार भदौ २४ गते विहिबार उमेदबारी दर्ताको कार्यतालिका तय गरिएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .