BREAKING NEWS

Monday, September 7, 2015

आदिकवि क्याम्पस हाता भित्र स्कुले विद्यार्थीको शव शंकास्पद अवस्थामा भेटियो


दमौली २१ भदौ । 
व्यास १ विज्ञानटार स्थित आदिकवि भानुभक्त क्याम्पसको हाता भित्र सोमबार एक स्कुले विद्यार्थीको शव शंकास्पद अवस्थामा भेटिएको छ ।
शव मानहुँ घर भई हाल व्यास १ भादगाउँ बस्दै आएका १६ बर्षिय पूर्णबहादुर आलेको भएको प्रहरीले जनाएको छ । आले सदरमुकाम दमौली स्थित महर्षि सस्कृत विद्यालयमा कक्षा १० मा अध्यनरत थिए । गत शनिबार बिहान देखि वेपत्ता भएका आलेको शव सोमबार मध्याहन सलले रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । शव रुखमा झुण्डिएको सूचना पाए लगत्तै प्रहरी र आफन्तजन घटनास्थलमा पुगेको थियो । शव दुर्गन्धित अवस्थामा रहेको थियो ।
यता मृतक आलेका आफन्तजनले भने आलेले आत्महत्या गरेको नभई हत्या गरिएको बताएका छन् ।मृतककी दिदी विषरा थापा आफ्नो भाईले आत्महत्या नभई हत्या भएको बताउँछिन् । केटी संगको सम्बन्धको कारण भाईको हत्या हुन सक्ने थापाले बताईन ।
यस घटनाका सम्बन्धनमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।अनुसन्धान पछि सबै कुरा पत्ता लाग्ने प्रहरीले जनाएको छ । पहिलो चरण शवको पोष्टमार्टका लागि दमौली अस्पताल लगिएको प्रहरीको भनाई छ ।
Source: Setimadi Daily

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .