BREAKING NEWS

Wednesday, September 2, 2015

लेखनाथ लायन्स क्लबको बृक्षारोपण


लेखनाथ,१६भदौं।
लायन्स क्लब अफ लेखनाथको बार्षिक कार्यक्रम अन्तरगत बुधबार लेखनाथ नगरपालिका बडा नं९मा रहेको नबज्योती निमाविको परिसरमा बृक्षारोपण गरिएको छ।
लेखनाथ लायन्स क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङले लायन्स क्लबका एम जे एफ जोन चियर प्रसन रमेश बहादुर केसीलाई असोकाको विरुबा हस्तन्त्रण गरि सुरु भएको कार्यक्रममा विद्यालय परिसरमा विभिन्न जातका विरुबाहरु लगाईएको थियो।
कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी,विद्यालय ब्यवस्थापन समितीका पदाधिकार,स्थानियबासी लगाएतको सक्रिय सहभागिता रहेको थियो।
क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिब बुद्धि बास्तोलाले गरेका थिए भने धन्यबाद ज्ञापन कार्यक्रम संयोजक राजेन्द्र ओझाले गरेका थिए।
कार्यक्रममा नबज्योती निमाविका प्रधानाध्यापक लिलामणि त्रिपाठी लगाएतका बक्ताहरुले बृक्षारोपणको महत्ब र उपयोगिताका बारेमा जानकारी गराएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .