BREAKING NEWS

Wednesday, September 2, 2015

स्थानिय सुशासनमा बालबालिका र युबा सहभागिता गोष्ठी


लेखनाथ,१६भदौं।
लेखनाथ नगरपालिका र युनिसेफ नेपालको आयोजनामा बुधबार देखि लेखनाथमा स्थानिय सुशासनमा बालबालिका र युबा बर्गको सहभागिता सुनिश्चितता विषयक दुई दिने अन्तरक्रिया गोष्ठी सुरु भएको छ।
लेखनाथ नगरपालिककालाई वि स २०७३साल सम्ममा बालमैत्रि नगरपालिका घोषणा गर्ने निर्देशित कार्यक्रम अन्तगत राखिएको कार्यक्रममा लेखनाथ नगरपालिकालाई निर्धारित समय भित्र कसरी बालमैत्री नगरपालिका घोषणा गर्ने सकिन्छ भन्ने बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै युनिसेफ नेपालका सुशासन अधिकृत माधब बरालले बाल बालिकाले पाउने मौलिक हकलाई सुरक्षीत गर्दै निर्देशित सुचकहरु पार गरि लेखनाथ नगरपालिकालाई बाल मैत्रिनगर घोषणामा स्थानीय सामाजीक संघ सस्था तथा आम नगरबासीहरुको प्रमुख भुमिका रहने विचार राखेका थिए।
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन बालमैत्रि स्थानिय साशसनका फोकल प्रसन दिपक कोईरालाले गरेका थिए भने धन्यबाद ज्ञापन कानुनी सल्लाकार राममणि अधिकारीले गरेका थिए।
दुई दिन सम्म चल्ने गोष्ठीमा विष्णु प्रसाद चौबे र रबिराज बसौलाले सहजिकरण गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .