BREAKING NEWS

Sunday, September 13, 2015

लेखनाथ नगर पालिकाकामा भबन,जग्गा र नक्शा पास आचार संङता लागु

भीमपाणि बराल
लेखनाथ,२७ भदौं।
महाभुकम्प पछि घर निर्माण,जग्गा विकास तथा नक्सा पासका काम स्थगित गराएको लेखनाथ नगरपालिकाले परिमार्जन सहितको भबन निर्माण,जग्गा विकास र नक्शापासको कार्यविधि २०७२लाई स्वीकृत गरि लागु गरेको छ।
गत जेठ ४ गते देखि नेपाल सरकारको निर्देशनमा नयाँ नक्शा पास दर्ता तथा  नक्शा स्वीकृतीका काम रोक्का हुदाँ जनतामा पर्न गएको असुविधालाई मध्यनजर राख्दै लेखनाथ नगरपालिकाले सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालयको बस्ती बिकास,शहरी योजना तथा भबन निर्माण सम्बन्धी आधारभुत मार्गदर्शनमा रहि नयाँ निति लागु गरेको हो।
आईतकार विशेष नगरपरिषदबाट पारित निती तथा कार्यविधिलाई सार्बजानिक गर्दै लेखनाथ नगरपालिकाले बस्ती विकास शहरी योजना तथा भबन निर्माण मार्गदर्शन २०७२,जग्गा विकास कार्यविधि२०७२र नक्शापास कार्यविधि २०७२लाई स्वीकृत गरि लागु गर्ने निर्णय गरेको छ।  
निर्णयहरुलाई सार्वजानीक गर्दै कार्यकारी अधिकृत रामचन्द्र पौडेलले नयाँ बन्ने र बनि सकेका घरहरुले निदेशित निती तथा कार्यविधिलाई उल्धगन गरेमा कडा कारबाही र जरिबान समेत गर्न सकिने ब्यवस्था रहेको बताएका थिए।
लागु भएको कार्यविधिमा  घर निर्माण गर्दा जग्गाको ३०प्रतिशत भाग खाली राख्नु पर्ने,तीन आना भन्दा सानो जग्गाको कित्ता काट नहुने,शडक मापदण्ड कम्तीमा २० फिट र दायाँ बाया र्दुई दुई मीटर सिट ब्याकको ब्यवस्था हुनु पर्ने र ताल,खोला,नदि,खोल्सा,नहर,कुलो तथा डिलभिरको न्युनतम मापदण्ड कायम राख्नुपर्ने ब्यवस्था गरिएको छ।
साथै निजी तथा सरकारी स्तरमा जग्गा विकास कार्य गर्दा कम्तीमा जग्गाको साडे दुई प्रतिशत खुल्ला क्षेत्र राख्नु पर्ने,सार्वजनिक सुविधाका लागि बाटो,पानी,बत्ति आदीको ब्यवस्था गरि बाटो तथा खुल्ला क्षेत्रलाई सार्वजनिक गर्ने गरि जग्गा विकासलाई स्वीकृती प्रदान गरिने लगाएतका विषयहरु रहेका छन्।
यस पुर्व नक्शा पास भई बनेका घरहरुका लागि बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत मार्गदर्शन २०७२का सर्तहरु पुरा गरेपछि मात्र तला थपको स्वीकृत प्रदान गरिने भएको छ भने झयाल राख्ने प्रयोजनका लागि दाया बाया कम्तीमा एक एक मीटर छाड्नु पर्ने तर झयाल नराखेको खण्डमा सर्तहरु लागु हुने भएको छ।
लेखनाथ नगरपालिकाको जग्गा विकास मापदण्ड २०७२लागु हुनु पुर्व बनेका अधिकाम्स बाटाहरु न्युनतम मापदण्ड पुगेका,फिल्डमा बा नापी नक्शामा कित्ता काट भएकाले ठुलो समस्य नदेखिने नगर पालिकाका स्रोतको भनाई छ तर यस अघि कामय भएको मापदण्डमा सेट ब्याकका लागि दुई मिटर थप हुने भएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .