BREAKING NEWS

Monday, September 7, 2015

लेखनाथ होटल एशोसिएसनको अध्यक्षमा थापा


भीमपाणि बराल
लेखनाथ ,२१ भदौ।
होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको सातौं साधारण सभा तथा तेस्रो अधिबेसनले आगामी कार्यकालका लागि दामोदर भक्त थापाको अध्यक्षमा ११सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ।सर्बसम्बत रुपमा चयन भएको समितिको उपाध्यक्षमा अर्जुन लम्साल,महासचिबमा विरभद्र कडेल,सचिबमा राजु सापकोटा,कोषाध्यक्षमा बिसु लालचन र सदस्यहरुमा पुरुषोतम अधिकारी,राजुमायाँ थकाली,निमा थापा मगर,गोविन्द जलारी,हरि लामिछाने र निरज बराल रहेका छन्। अध्यक्ष पदको जिम्मेबारी पाए पछि अध्यष थापाले आफनो भावी कार्यक्रममा लेखनाथ फिस फिस्टेबलाई निरन्तरता दिदै समया अनुकुलका अन्य मिनि फेस्टिबलहरु आयोजना गर्ने,लेखनाथका पर्यटकिय स्थलहरुलाई समेटेर व्रसोर तथा नक्सा तयार गर्ने, पर्यटन ब्यवसायीहरुको लगत निकाल्ने र पोखरा ,लेखनाथका सातै तालको संरक्षणका लभिङ गर्ने र लेखनाथका पर्यटन ब्यवसायी तथा अन्य समाजीक संघ सस्थाहरुसग सहकार्य गदै  दिगो पर्यटन विकास लगाएतका कार्यक्रमहरु ल्याउने लक्ष्य रहेको धारणा राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .