BREAKING NEWS

Friday, September 4, 2015

कञ्चनजंगा बाल क्लबको पुनर्गठन


लेखनाथ,१८भदौ।
लेखनाथ नगरपालिका वडा नं ८शिसुवामा रहेको कञ्चनजंगा बाल  क्लवको शुक्रबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेसनले बाल क्लबको पुनर्गठन गरेको छ।
नब गठित समितिको अध्यक्षमा सवित्र गिरी उपाध्यक्षमा विपना सुबेदी सचिबमा संचिता तझ्या सह सचिबमा प्रशान्त विक कोषाध्यक्षमा निकिता शर्मा रहेका छन् भने समितिको सदस्यहरुमा उत्सब अधिकारी,अञ्जना गिरी,अनिशा गुरुङ,निशा शर्मा,सुश्मीता नेपाली र प्रतिक्षा पोख्रेल रहेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज अधिकारीले बाल अधिकार सम्बन्धि कार्यहरु गर्न सवैमा आग्रह गरेका थिए।
निबार्चन समितिका संयोजक विष्णुहरि पौडेल र सुमन जिसीले नब गठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै सफल कार्यकालको कामना गरेका थिए। कार्यक्रम निवर्तमान अध्यक्ष श्रेया लामाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सचिब निकिता शर्माले गरेकी थिईन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .