BREAKING NEWS

Friday, September 18, 2015

विद्युत प्राधिकरण परिसरमा विश्वकर्मा मन्दिर


विष्णुहरि पौडेल
लेखनाथ,१असोज। विश्वकर्मा पुजाको अवसर पारेर नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्र परिसरमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ।
मन्दिरको उद्घाटन गर्दै पश्चिम पृतनाका पृतनापति उपरथि रमेश पुनले कार्यालय परिसरमा मन्दिर निर्माण गरिनु धार्मिक रुपले मात्र नभई एकताको प्रतीक समेत भएको विचार राखेका थिए।
करिब दुई लाख ८०हजारको लागतमा निर्मित मन्दिर निर्माणका लागि कर्मचारी र स्थानिय ब्यापारीहरुबाट सहयोग प्राप्त भएको थियो।
नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख विरेन्द्र कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरी,निर्माण समितिका संयोजक प्रकाश पौडेल,ईन्जिनियर प्रकाश काÇले,लिलाराज पौडेलले आफनो धारणा राखेको सो कार्यक्रमको संचालन सुरेन्द्र तिमिल्सेनाले गरेका थिए भने स्वागत मन्तव्य एकराज वाग्लेले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .