BREAKING NEWS

Saturday, September 12, 2015

आदर्श युवा क्लवको महिला फूटवल प्रतियोगिता शुरु

लेखनाथ, २६ भाद्र
लेखनाथ १ भण्डारढीकमा अवस्थीत आदर्श युवा क्लवको खेल मैदानमा शनिवारवाट महिला फूटवल प्रतियोगिता शुरु भएको छ । शनिवार भएको २ खेल मध्येमा पहिलो खेलमा नेपाल आदर्श र जनप्रकाश उच्च मावीमा ० का विरुद्ध ४ गोल भएको छ , त्यसै गरी दोस्रो खेलमा होलि माउण्ट वोडिङ्ग स्कूल ० र लेखनाथ मेमोरियल १ गोलले अग्रता कायम गर्यो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले नारीहरुको क्षमता विकास गर्न गरीएको कार्यक्रमको प्रशंशा गरीन् । Video Here
कार्यक्रममा वोल्दै अन्य अतिथीहरुमा लेखनाथ खेलकुद विकास समितीका अध्यक्ष चेत वहादुर गुरुङ्ग, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणी वराल, होली माउण्ट वोडिङ्ग स्कूलका निर्देशक रोशन कोइराला लगाएतले कार्यक्रमको सफलताको शुभकामना गरेका थिए ।

मर्सि क्रप्सको आयोजना र आदर्श युवा क्लवको संयोजनमा शुरु भएको कार्यक्रममा १० विद्यालयका टिम रहेका छन् । कार्यक्रममा स्वागत नृत्य होली माउण्ट वोडिङ्ग स्कूलका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । क्लवका अध्यक्ष लक्ष्य प्रसाद भण्डारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राजेश कुमालले गर्नुका साथै सञ्चालन सह सचिव इमान गुरुङ्गले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .