BREAKING NEWS

Thursday, September 17, 2015

आदर्श छात्रा फुटवलको उपाधी मेमोरियललाई

विष्णुहरि पौडेल
लेखनाथ,१असोज।
लेखनाथको आदर्श युवा क्लबले हरितालिका तीजको अवसरमा आयोजना गरेको सेभेन ए साईड छात्रा फुटबल प्रतियोगीतामा लेखनाथ मेमोरियलले  प्रथम स्थान हासिल गरेको छ।
लेखनाथ नगर स्तरीय प्रतियोगितामा जनप्रकाश उच्च माविले द्धितीय स्थान हासिल गर्न सफल भएको छ।प्रतियोगितामा १०टिमको सहभागिता रहेको थियो।
यसै गरि क्लबले हरेक बर्ष जस्तै यस बर्ष आयोजना गरेको तीज गीत प्रतियोगितामा सहभागी १९समूह मध्य उज्ज्वल आमा समुह लेखनाथ १३ले प्रथम स्थान हासिल गरेको छ भने सृष्टि भुर्तेल लेखनाथ ३ वुढिबजारले दोस्रो र अम्बिका वाग्ले तनहुँ थप्रेकको समुहले तेस्रो स्थान हासिल गरेका छन्।यसै गरि प्रतियोगितामा उत्कृष्ट नृत्य गरि गुड्डु साही पुरस्कृत भएकी थिईन।
विजयी समुहलाई पुरस्कार वितरण गर्दै कास्की जिल्ला महिला फुटबल संघकी अध्यक्ष भक्ति गुरुङले क्लबले खेलको क्षेत्रमा गरेको योगदानको सराहना गरेकी थिईन।प्रतियोगिताको निर्णायकमा कलाकार कबिराज खनाल,पत्रकार विष्णुहरि पौडेल र जनप्रकास उच्च माविका शिक्षक बिश्व पौडेल रहेका थिए।
यसै विच क्लवले आयोजना गरेको म्युजिकल चियरमा सीता घले,घैटो फुटाउने तर्फ दिनेश थापा,छेलो हान्ने प्रतियोगिताम दिपक सुनारले उत्कृष्ट स्थान हासिल गरि पुरस्कृत भएका थिए।
उक्त अवसरमा मर्सीक्रप्स क्लब,लेखनाथ नगरपालिका र आदर्श युबा क्लवका विच रङशाला,प्याराफिट तथा खेल मैदान सम्बन्धि त्रिपक्षीय सम्झौता समेत भएको थियो। सम्झौता पत्रमा मर्सीक्रप्सका प्रतिनिधी, नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत रामचन्द्र पौडेल र आदर्श युबा क्लवको तर्फबाट लक्ष्मी प्रसाद भण्डारीले हस्ताक्षर गरेका थिए।

आदर्श युबा क्लवका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरी,लेखनाथ हाडवयर्स एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारी,खेलकुद पत्रकार मञ्च कास्कीका विनोद लामिछाने र राईट टु प्ले सस्थाकी कार्यक्रम संयोजक मेलोडी आर्ट लगाएतले खेलको महत्व माथि प्रकास पारेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .