BREAKING NEWS

Friday, September 18, 2015

२६ करोडभन्दा बढी रकम अनियमितता गरेको आरोपमा उर्जामन्त्रीलाई कारवाहीको निर्देशन

असोज १
२६ करोडभन्दा बढी रकम अनियमितता गरेको ठहर गर्दै अख्तियारले उर्जा मन्त्री राधा ज्ञवालीलाई कारवाहीका लागि सिफारिस गरेको छ । खेलकुद मन्त्री पुरुषोतम पौडेललाई कारवाही गर्न निर्देशन दिएको दुई हप्ता पनि वित्न नपाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का मन्त्री ज्ञवालीलाई पनि कारवाही गर्न प्रधानमन्त्री सुशील कोइरालासमक्ष सिफारिस गरेको हो । ज्ञवाली र पौडेल दुवै एमाले कोटाबाट मन्त्री बनेका हुन् । 
ज्ञवालीलाई सोलु कोरिडोरको प्रसारण लाइन ठेक्का प्रकरणमा अनुचित कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । मन्त्री ज्ञवालीसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतलाई पनि अख्तियारले कारवाहीको दायरामा ल्याएको छ ।
उक्त आयोजनामा दोस्रो न्यूनतम कबोल गर्नेको भन्दा २६ करोड सस्तोमा आयोजनाको निर्माण कार्य सम्पन्न गर्न बोलपत्र पेश गर्ने कम्पनीलाई ठेक्का नदिएर ज्ञवालीले अर्कैलाई दिएको अख्तियारको आरोप छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .