BREAKING NEWS

Wednesday, September 23, 2015

नवज्योती सनत दुर्गा निमाविले रजत महोत्सव मनाउन


लेखनाथ,६असोज।

लेखनाथ नगरपालिका वडा नं ८को मोहरियामा रहेको नवज्योती सनत दुर्गा निमाविले मंसिर २६देखि फागुन १गते सम्म रजत महोत्सव मनाउन तयारी गरेको छ।

रजत महोत्सव तयारीका सम्बन्धमा बुधवार विद्यालय प्राङगणमा आयोजीत भेलाले विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठीको संयोजकत्वमा दुई सय ५१सदस्यीय मुल कार्यसम्पादन समिति गठन गरेको हो।

नवगठित समितिको सह संयोजकमा सोमलाल तिवारी,महासचिवमा प्रधानाध्यापक लिलामणि त्रिपाठी,कोषाध्यक्षमा चिरञ्जीवि तिवारी,सचिवमा शिक्षक राजेन्द्र लामिछाने रहेका छन् भने समितिको सदस्यमा पुर्णबहादुर अधिकारी,दुर्गादत्त अधिकारी,केशबप्रसाद तिवारी,सोभा न्यौपाने,सुर्यदेवि बजगाई,कृष्ण प्रसाद तिमिल्सेना,माया जलारी र काशीनाथ ओझा रहेका छन्।

सोहि भेलाले सनत कुमार श्रेष्ठको संयोजकत्वमा सल्लाहकार समिति र विभिन्न तयारीका लागि छ वटा उप समिति समेत गठन गरेको छ।

 विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा बयोबृद्ध समाजसेबी भोलानाथ लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयले स्थापना गरेको अक्षयकोषका लागि रु एक लाख प्रदान गरेका थिए भने सोही अवसरमा अक्षयकोषका लागि पाँच लाख संकलन भएको थियो।

विद्यालयका प्रधानाध्यापक लिलामणि त्रिपाठीले कार्यक्रम माथि प्रकास पारेको सो कार्यक्रममा विद्यालयका चन्दादाता सनत कुमार श्रेष्ठ,पुर्व जिल्ला शिक्षा अधिकारी वलराज पौडेल र भुपु विद्यार्थी राजेश त्रिपाठी लगाएतले रजत महोत्सवका लागि सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्नका लागि अनुरोध गरेको सो कार्यक्रमको संचालन शिक्षक राजेश लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य विद्यालय ब्यवस्थापन समितिका सदस्य चिरञ्जीवि तिबारीले गरेका थिए।

उक्त विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा ८सम्म एक यस ६५विद्यार्थीहरु अध्यनरत रहेका छन् भने कक्षा ३ सम्म अग्रेजी माध्यम र कक्षा ८मा कम्प्युटर माध्यमबाट पढाई सचालन गर्दै आएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .