BREAKING NEWS

Friday, September 25, 2015

क्षत्रशक्ति सहकारीले मनायो पाँचौ बार्षिकोत्सव


भीमपाणि बराल
लेखनाथ,८असोज
क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्था लिमिटेड लेखनाथले सुक्रबार आफनो आफनो पाँचौ बार्षिक साधारण सभा सम्मपन्न गरेको छ।

कार्यक्रममा बोल्दै कास्की बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष सुदिप ढकालले सहकारीले देशमा नयाँ संबिधान आए सग सगै नयाँ कार्ययोजना र आय आर्जनका कार्यक्रम मार्फत देशको अर्थतन्त्रलाई विलियो बनाउने अभियानमा जुट्नु पर्नेमा जोड दिएका थिए।

सोहि अवसरमा सहकारी डिभिजन कार्यलय कास्कीका प्रशिक्षक भुपेन्द्र विनय थापाले सहकारीको कार्यसैलिमा समयानुकुुल परिबर्ततन गर्दै सेयर सदस्यहरुलाई आय मुलक क्षेत्रमा लगानी गरि आम्दानीलाई बढाउनु पर्ने सुझाब राखेका थिए।

क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ईन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमला,लेखनाथ उद्योग बाणिज्य संघका उप महासचिब भरतकुमार अधिकारी,जिल्ला सहकारी संघका सदस्य ईन्द्रा पौडेल,सस्थाका निर्बतमान अध्यक्ष उत्तम बस्नेत,मेट्रो विकास बैक लेखनाथ साखाका प्रमुख पुष्पमणि भण्डारी,लेखा परिक्षक एल के शर्मा,लेखनाथ जेसिजका अध्यक्ष विनोद प्रसाद लामिछाने,सस्थाका ब्यवस्थापक सरोज कुवँर र लेखापाल गंगा केसी लगाएतले आफनो धारणा राखेका थिए।

सस्थाका सचिब प्रेम बहादुर थापाले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष मोहन बहादुर थापाले स्वागत र कोषाध्यक्ष सुकबहादुर तिम्सेनाले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .