BREAKING NEWS

Saturday, September 26, 2015

चक्रदेबी बहुमुखि सहकारीको ४८औं बार्षिक साधारण सभा सम्पन्न



भीमपाणि बराल
लेखनाथ,९ असोज।
लेखनाथ ८ शिसुवामा रहेको चक्रदेबी बहुमुखि सहकारी सस्थाको ४८औं बार्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ। सभाको  उद्रघाटन गर्दै सहकारी डिभिजन कार्यालय कास्कीकी तालिम साखा प्रमुख ईश्वरी ढकालले सहकारी भनेकै सहकार्य भएकोले सामुहिक लगानीको माध्यबाट उत्पादसिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएकी थिईन।
सहकारीले वित्तीय अनुशासनलाई विषेश ध्यान दिनु पर्ने धारणा राख्दै उनले जनस्तरमा पौसाको कमि छैन तर प्रयाप्त लगानी गर्ने क्षेत्रको अभाव रहेको धारणा राखेकी थिईन।
सस्थाका अध्यक्ष सोमलाल कडेलको अध्यक्षतामा भएको सो  कार्यक्रमा उत्कृष्ट कारोबारमा कृष्ण बहादुर भुजेल र मनबुजा परियार,जेष्ठ नागरिकहरु नरपाणि तिबारी,बुद्धिसागर जमरकटेल र चन्द्रबहादुर गुरुङका साथै गत बर्षको प्रबेशीका परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यहरुका छोरा छोरीहरु मध्यबाट निश्चल शर्मा प्रकृति बराल र दुर्गा तिबारीलाई सम्मान गरिएको थियो।
सोही कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लेखनाथ सहकारी मञ्चका सदस्य ईन्द्र बहादुर थापा,सहकारी कर्मी नारायण त्रिपाठी, सम्मानीत ब्यक्ति बामदेब जमरकटेल,सेयर सदस्यहरुको तर्फबाट ऋषिराम जमरकटेल र धनसुब्वा गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए।
सस्थाका सचिब शिबप्रसाद बास्तोलाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिबराज अधिकारीले राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .