BREAKING NEWS

Monday, August 10, 2015

प्रेस युनियन पत्रकारीता पुरस्कार पराजुलीलाई


लेखनाथ २५ साउन
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारीता पुरस्कार वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई प्रदान गर्ने निर्णय गरेको छ । वरिष्ठ पत्रकार रविन्द्र वास्तोलाको संयोजकत्वमा गठित समितीले सर्वसम्मत रुपमा पराजुलीलाई दिने निर्णए गरेको छ । सोमवार न्यूरोडमा रहेको स्काई टच रेष्टुरेन्टमा वसेको नेपाल प्रेश युनियन कास्कीको वैठकमा सो निर्णय सुनाईएको युनियनका अध्यक्ष शिरोमणी वरालले जानकारी दिए । करिव २० वर्ष देखी पत्रकारीतामा आवद्ध पराजुली पोखरावाट प्रकाशित गोल्डेन न्यूज दैनिकका प्रदान सम्पादक र सुनौलो एफ एमका प्रमुख समेत हुन् । उनले कान्तीपुर, नेपाल टेलीभीजन लगाएत स्थानिय वाराही एफ एम, माछापुछ्े एफ एम मा समेत काम गरीसकेका छन् । प्रखर वक्त एवम् युवा नेता समेत रहेका पराजुलीले विभिन्न ३ मुलुकको भ्रमण समेत गरीसकेका छन् ।
सोमवार भएको कार्यक्रममा वोल्दै छनोट समितीका संयोजक वास्तोलाले युनियनले प्रदान गर्ने पहिलो पत्रकारीता पुरस्कारको लागि पराजुली पुर्ण योग्य रहेको र यसले आगामी दिनमा अझ हौसला वढ्ने जानकारी दिए । त्यसै गरी नेपाली काग्रेसका प्रचार विभागका सदस्य एंव वरिष्ठ पत्रकार राज वहादुर गुरुङ्गले पुरस्कार गठन गरी वितरण गर्ने काम गरेकोमा युनियनको प्रशंशा गरे । पुरस्कारको राशि ३५ हजार पाँच सय पचपन्न रकम रहेको सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .