BREAKING NEWS

Thursday, August 20, 2015

लेखनाथका महिला ब्यवसायीहरुलाई पनि चुनाब लाग्यो


लेखनाथ,३साउन।
लेखनाथ उद्योग बाणिज्य संघको आगामी असोज २र ३ गते हुन लागेको १०औ महाधिबेसनका लागि यहाँ रहेका महिला उद्योमीहरुलाई पनि चुनाबको सरगर्मीले छोएको छ।
गत बर्षको निर्बाचनमा ९७ जना महिला ब्यवसाय भएको लेखनाथ उद्योग बाणिज्य संघमा अहिले महिला ब्यवसायीहरुको संख्या बढि एक सय ७५पुगेको छ।यीनै महिलाहरुका विचबाट एक जना महिला आरक्षण कोटा र खुल्ला तर्फको सदस्य पदका लागि अहिले सात जना महिलाहरुले उमेदबारी दिने घोषणा गरेका छन्।
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न निबार्चनका लागि केहि नयाँ अनुहार केहि पुराना अनुहार गरि सात जना महिला उमेदबारहरु चुनाबी मैदानमा आउने भएका छन्। जसमा पुराना अनुहारमा गीता सुबेदी र मेनुका श्रेष्ठ रहेका छन् भने नयाँ अनुहारमा ईन्दिरा रोक्का,राधा सापकोटा,डिक कुमारी दाहाल,बिमला बस्नेत र प्रभा पौडेल रहेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .