BREAKING NEWS

Sunday, August 9, 2015

पण्डितथर टोल विकास सस्थाको अध्यक्षमा बराल



भीमपाणि बराल
लेखनाथ२४साउन। पण्डितथर टोल विकास सस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशनले आगामी कार्यकालको हेमचन्द्र बरालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।
सर्वसम्बतरुपमा चयन गरिएको समितीको उपाध्यक्षमा विष्णुमाया केसी,सचिबमा बलराम देबकोटा र कोषाध्यक्षमा सुनिल बराल रहेका छन् भने सदस्यहरुमा सबिता भण्डारी,खेमकुमारी गुरुङ र रमेश न्यौपाने रहेका छन्।
यस अघिको कार्यक्रममा बोल्दै लेखनाथ नगर स्तरिय टोल विकास सस्थाका अध्यक्ष छविलाल लामीछानेले आफनो गाउ टोलको विकासका लागि स्वय स्थानीयबासीहरु नै सक्रियताका साथ अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामीछाने र बडा सेबा केन्द्र २,३र६का बडा सचिब लिलामणि भण्डारी लगाएतले आफनो भनाई राखेको सो कार्यक्रममा सस्थालाई प्रतक्ष्य बा अप्रतक्ष्य रुपमा सहयोग पु¥याउदै आउनु भएका स्थानीय लीलाकृष्ण भुर्तेल र सरस्बती पौडेललाई सम्मान गरिएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .