BREAKING NEWS

Sunday, August 16, 2015

आमहड्तालले आज पनि सास्ती

लेखनाथ, ३२ साउन । मोहन बैद्य नेतृत्वको नेकपा – माओबादी र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम लगायतका दलले गरेको आम हड्तालको कारण आज पनि देशभरको जनजीवन प्रभाबित बनेको छ । दुई दिने आम हड्तालको दोस्रो दिन आज पनि यातायात, बजार, पसल, कलकारखाना, शिक्षणसंस्था ठप्प छ ।
बन्दकर्ताहरु बिहानैदेखि सडकका चोकचोकमा खटिएका छन् । बन्दको कारण लेखनाथ र पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन् । नगर क्षेत्रमा कुनैपनि सवारी चलेका छैनन् भने सिद्धार्थ राजमार्ग, पृथ्बी राजमार्ग र भूपि शेरचन राजमार्ग सुनसान छ ।
६ प्रदेशको सिमांकन तथा प्रस्तावित मस्यौदा खारेजीको माग सहित बैद्य नेतृत्वको माओबादी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लगायतका दलले गरेको आम हड्तालको प्रभाब लेखनाथमा पूर्ण रुपमा परेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .