BREAKING NEWS

Thursday, August 27, 2015

आदर्श युबा क्लबको दैविप्रकोप जोखिम तालिम


लेखनाथ, १० भदौ ।
लेखनाथमा रहेको आदर्श युबा क्लबको आयोजना र मसिकोर सस्थाको सहयोगमा विद्यार्थीहरुका लागि दुई दिने दैविप्रकोप जोखिम न्युनिकरण तालिम प्रदान गरेको छ।
तालिमको उद्घाटन गर्दै लेखनाथ हाडवर्यस एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारीले भविश्यमा पर्ने जस्ता सुकै समास्याको समाधानका लागि बिद्यार्थीहरुलाई दैविपैकोपका बारेमा जानकारी दिनु आवस्यक रहेको कुरा बताएका थिए।

नेपालमा पर्ने सक्ने भुकम्पको प्रकोपबाट होसियारी हुनका लागि स्वयम जनताहरु नै सचेत हुनु पर्नेमा जोड दिदै भण्डारीले क्लबले अगाडी सारेको योजना प्रभाबकारी र जिबन उपयोगी भएको धारणा राखेका थिए।
सोही अवसरमा निबर्तमान अध्यक्ष विषाल श्रेष्ठले क्लबले खेलकुदको अलबा सामाजीक क्षेत्रका अन्य कामहरु पनि गर्दै आएको र भविश्यमा पनि समाज परिबर्तका लागि काम गर्दै जाने योजना रहेको विचार राखेका थिए।
आदर्श युबा क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिब खड्क बहादुर गुरुङले गरेका थिए भने स्वागत मन्तब्य सह सचिब इमान शिह गुरुङले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .