BREAKING NEWS

Saturday, August 8, 2015

लेखनाथ उद्योग वाणिज्य संघद्धारा लमजुङ उद्योग वाणिज्य संघका भ्रमण टोलिलाई स्वागत



लेखनाथ २२, साउन
एक जिल्ला एक उत्पादन कार्यक्रमको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको लमजुङं उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रमको आयोजना गर्यो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा एक जिल्ला एक उत्पादन जिल्ला कार्यान्वयन समिति लेखनाथ कास्कीका संयोजक बावुराम गिरीको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले एक गाँउ एक उत्पादन कार्यक्रम र संस्थागत विकास सम्वन्धि जानकारी लिने उद्देश्यले भ्रमणको आयोजना गरिएको बताउनुहुदैंं लमजुङ उद्योग वाणिज्य संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष गिरीले आफ्नो संघका गतिविधिहरु, संघद्धारा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तरगत होम स्टे व्यवस्थापन तथा रिनोभेसन, कृषि पर्यटन प्रवद्र्धनका लागि कटेज सहितको माछा पोखरी निर्माण, संघमा स्थापित कृषि पर्यटन सुचना केन्द्र स्थापना लगायतका कार्यक्रम साथै, मेला महोत्सव लगायत संघले खेलेको भुमिकाका वारेमा चर्चा गर्नु भएको थियो ।

संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, एक जिल्ला एक उत्पादन कार्यक्रम, महिला उद्यमशिलता जस्ता विषयमा केन्द्रित भई भ्रमण टोलिका सदस्यहरुले राखेका विभिन्न जिज्ञासाहरुको वारेमा दुवै संघवाट छलफल भएको थियो ।
लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भेषवहादुर पौडेल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत मेगेन्द्र पोख्रेल लगाएतले कार्यक्रमका वारेमा साथै कृषि पर्यटनका वारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बलराम ढकालले संचालन गर्नु भएको सो कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद मन्तव्य व्यक्त गर्दै आगामी दिनमा यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ सुमधुर हुदै जाने वताउनु भयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .