BREAKING NEWS

Monday, August 17, 2015

शान्ति टोल विकास सस्थामा नयाँ नेतृत्व

लेखनाथ,३२साउन।
महिलाहरुबाट मात्र संचालीत लेखनाथ ८ शिसुवाको शान्ति टोल विकास सस्थाको १०औं साधारण सभा तथा पाचौं अधिबेसनले आगामी कार्यकालका लागि जानकीदेवि तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ। सर्बसम्बत रुपमा गठन भएको समितीको उपाध्यक्षमा सुकु थापा,सचिबमा राममाया बस्नेत,कोषाध्यक्षमा उमा लामीछाने,सह सचिबमा विन्दु न्यौपाने र सदस्यहरुमा शान्ता ढकाल,श्रीमाया गुरुङ,मिठु गीरि,तिलमाया अधिकारी,कमला गदल र खड्कमाया विक रहेकी छन्। यस अघि साधारण सभाको उद्रघाटन गर्दै लेखनाथ नगर स्तरिय टोल विकास सस्थाका अध्यक्ष छविलाल लामिछानेले आफनो गाउँ,ठाउ र
टोलको विकासका लागि स्वयम स्थानीयबासीहरु नै संगठित भएर विकास लागि साझा अवधारण र संगठित भएर अगाडी वढ्न  सक्नु पर्नेमा जोड दिएका थिए।
सोही अवसरमा स्थानीय समाजसेबी तथा सफल ब्यबसायी ज्ञानप्रसाद अधिकारीले टोल विकास सस्थाको भबन निर्माणका लागि पचाँस बोरा सिमण्ट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै विकास एक ब्यत्तिबाट मात्र
सम्भब नभएको कुरा बताउदै आफनो ठाउको विकासका लागि स्वयम स्थानीयबासी नै अगाडी वढेर सरकारी निकायलाई ध्यानकर्षण गराउनु पर्ने धारणा राखेका थिए। सस्थाकी अध्यक्ष राममाया बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा टोल विकास सस्था बडा नं ८का संयोजक चिरञ्जीवि तिवारी,सस्थाका सल्लाकार विनोदप्रसाद लामिछाने,नविन प्रसाद बास्तोला,ईन्द्रबहादुर थापा,गंगाराम तिमिल्सेना,कृष्ण बास्तोला,कृष्णप्रसाद तिमिल्सेना,भरत गीरि र उमा बास्तोला लगाएतले आफनो धारणा राखेका थिए।
सस्थाकी उपाध्यक्ष सुकु थापाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिब राममाया बस्नेतले गरेकी थिईन भने कोषाध्यक्ष उमा लामिछानेले सस्थाको आय ब्यय प्रस्तुत गरेकी थिईन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .