BREAKING NEWS

Sunday, August 2, 2015

सिटी अब तनहुँको बन्दीपुरमा


तनहुँ, श्रावण १६
२०६४ सालमा स्थापना भई समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित,आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको सिटी डेभलपमेण्ट बैंकको पन्ध्रौं शाखाकोे रुपमा तनहुँको बन्दीपुर बजारमा यहि २०७२ श्रावण १६ गते शनिबारका दिन समुद्घाटन गरिएको छ ।
उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री महाप्रसाद अधिकारीले बैंकको तर्फबाट भानु उच्च मा.बि बन्दीपुर लाई छात्रवृति, स्थानिय आमा समुह र स्थानीय भजन समुहलाई संस्कृतिको जगेनार्थ बाद्ययन्त्र र रत्न राज्य कन्या नि.मा.बि लाई पुस्तक, तथा खेलकुद सामाग्री वितरण गरी शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको बैंकले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जहाँ, जहिले  जस्तो सुकै बिपतको समयमा पनि आफ्नो उपस्थिति जनाउदै आईरहेको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको कार्यमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले कास्की, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत जिल्लाका जम्मा १५ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र नव उद्घाटित  बन्दीपुर शाखाका अतिरिक्त लामाचौर कास्की  बाट समेत कारोबार शुरु गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिनुभएको छ।

नेपाल राष्ट्र बैंकको कृषि कर्जा क्षेत्र अन्तर्गत पर्ने सबै कृषि कर्जामा सुलभ ब्याजदरमा सरल तरिकाले उपलब्ध गराउन लागेको सो बैंकको चुक्तापुँजी रु ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७२ आषाढ मसान्त सम्ममा रु ५ अर्ब ६ करोड निक्षेप संकलन, रु ४ अर्ब १६ करोड कर्जा लगानी गरि रु. २४ करोड १५ लाख संचालन मुनाफा आर्जन  गर्न सफल भएको  छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .