BREAKING NEWS

Saturday, August 29, 2015

घारीपाटनमा बाउ समुहको गठन


पोखरा, १२ भदौं
पोखरा ७ र १७ स्थित घारीपाटनमा शुक्रवार सम्पन्न एक भेलाले स्थानीय दिलिप गुरुङको अध्यक्षतामा ९ सदस्यीय बाबु समुहको तदर्थ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कान्छा जलारी, सचिवमा पुर्ण बहादुर गुरुङ र कोषाध्यक्षमा बुद्धिबहादुर लाम्गादी रहेका छन ।
त्यसै गरि समितिको सदस्यहरुमा क्रमशः परशुराम तिवारी, नारायण बहादुर बोहोरा, डिक बहादुर गुरुङ, बेल गिरी र किर्तिमान जलारी रहेका छन ।
सो भेलाले शशीधर शर्मा, होमनाथ गिरी, दण्डपमणी आचार्य, दुर्गाप्रसाद आचार्य, गणेश श्रेष्ठ, बम बहादुर घोतामे, घाश्याम लामिछाने, अशिल कुमार शाही र कर्णशहादुर गुरुङ रहेको ९ सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको तदर्थ समितिका अध्यक्ष दिलिप गुरुङले बताए । समाजमा भएका बिकृती, बिसंगति हटाई समाज सुधार एवं बिकासका लागि बिभिन्न संघसंस्थासँग हातेमालो गरि अघि बढ्ने उद्देश्य रहेको गुरुङले बताए । स्थानीय शशीधर शर्माको अध्यक्षतामा सम्पन्न भेलाले दण्डपाणी आचार्यको संयोजकत्वमा ७ सदस्य बिधान निमार्ण समिति समेत गठन गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .