BREAKING NEWS

Wednesday, August 26, 2015

वि एम जी उच्च माविले रजत महोत्सव मनाउने


लेखनाथ,९ भदौ।
लेखनाथ नगर पालिकामा रहेको अग्रेजी शौक्षिक सस्था वि एम जी उच्च माविले चालु शौक्षिक सत्रलाई रजत महोत्सवका रुपमा मनाउने भएको छ।
वि स २०४७सालमा लेखनाथ नगर पालिकाको बडा नं १ सैनिक वस्थी पावरहासउसमा स्थापना भएको वि एम जी उच्च मावीले स्थापनाको २५औं बर्षगाठ पुरा गरेको अवसर पारेर विविध कार्यक्रमका साथ रजत जयन्ती महोत्सव मनाउन लागेको विद्यालयका प्रिन्सपल युबराज गुरुङले जानकारी दिएका छन्।
रजत महोत्सवलाई विद्यार्थी र अभिभाबकका विच प्रभावकारी तरिकारले संचालन गर्नका लागि विद्यालयका सस्थापक निर्देशक ईन्दिरा गुरुङको संयोजकत्वमा २५ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने अन्य विषयगत १५वटा उप समिति र सात सदस्यीय सल्लाकार समिति गठन गरि महोत्सवको कामलाई तिब्रताका साथ अगाडी वढाईएको छ।
रजत महोत्सव अन्तगर पहिलो चरणमा भाद्र २७ गते अन्तराष्ट्रिय हजुर बा हजुरआमा दिवसको अवसर पारेर जेष्ठ नागरिकको सम्मान,भाद्र २८ गते स्थानीय स्तरका आमा समुहका विच खुल्ला तिज गीत प्रतियोगीता लगाएत स्पोर्टस मिट,चित्रकाल प्रतियोगिता,भुपु विद्यार्थी एवंम शिक्षक पुनर्मिलन,निवन्ध लेखन प्रतियोगिता र फाल्गुण १देखि ३गते सम्म मुल समारोहको कार्यक्रम गरिने भएको छ।
गुणस्थरिय शिक्षा आजको आवस्यकता भन्ने मुल नाराका साथ स्थापना भएको वि एम जि उच्च मावीले विस २०५७साल देखि प्रबेशिका परिक्षामा विद्यार्थी सम्मिलित गराएर उत्कृष्ठ स्थान हासिल गराउन सफल भएको छ भने वि स २०६५साल देखि लेखनाथमा नै पहिलो पटक उच्च मावी तहको होटल मेनेजमैण्टको पढाई अध्यापन गराउन विद्यालय सफल भएको छ।
स्थापनाको छोटो समयमा नै गुणस्थरिय शिक्षा दिन सफल यस विद्यालयमा अहिले मावि र उच्च मावि गरि करिब आठ सय ४०विद्यार्थी अध्यनरत छन् भने शिक्षक र कर्मचारी गरि करिब ६२जना रहेको विद्यालयले जनाएको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .