BREAKING NEWS

Monday, August 3, 2015

आदर्श टोल बिकास सस्थामा नयाँ नेतृत्व


लेखनाथ,१८साउन।
आदर्श टोल विकास सस्था लेखनाथ ८को नबौं बार्षिक साधारण सभा तथा पाचौं अधिबेसनले आगामी कार्यकालका लागि गीता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ।
सर्वसम्बत रुपमा गठन भएको समितीको उपाध्यक्षमा मोहनसिह गुरुङ सचिबमा ईन्द्रा ताम्राकार कोषाध्यक्षमा बुद्धिमायाँ भुजेललाई चयन गरेको छ भने समितीको सदस्यहरुमा यमुना भण्डारी,गोमा पाण्डे,सरिता सुबेदी,सीता पौडेल र सानीनानी न्यौपानेलाई चयन गरेको हो।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै टोल विकास सस्था लेखनाथ नगर समोन्बय समितीका सचिब शौलेन्द्र मोहन भटराईले आफनो टोल स्थानको बिकासका लागि स्वयम टोलबासीहरु नै क्रियासिल हुनु पर्नेमा जोड दिएका थिए।
सस्थाकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्ब अध्यक्ष सोमनाथ जमरकटेल,सल्लाकार हर्कबहादुर श्रेष्ठ,खगेन्द्रराज आचार्य,टोल बिकास सस्था बडा नं ८का संयोजक चिरञ्जिबी तिबारी र लेखा संयोजक विश्बनाथ लामीछाने लगाएतले आ आफनो धारणा राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .