BREAKING NEWS

Thursday, August 20, 2015

६ सयमा पोखरा देखि काठमाण्डौ एसि वस सेवा


पोखरा ४ भदौ । पोखराको शुभ अधिकारी ट्राभल्स प्रालिले पोखरादेखि काठमाण्डौंसम्म एसि सहित ६ सय रुपैयामा सेवा संचालनमा ल्याउने भएको छ । उक्त रुटमा चल्ने सेवामा एसि बसको सबै भन्दा सहुलियतमा आफुहरुले सेवा दिन लागेको प्रालिका प्रोपाईटर टिकाराम अधिकारीले बताए ।
पोखरा देखि काठमाण्डौको जोरपाटीसम्मको लागि एसि सहितको सिधा वस सेवा यही भदौ ७ गतेदेखि संचालनमा आउने भएको छ । उनले भने ‘अन्य यातयात क्षेत्रमा भन्दा हामीले केहि फरक सेवा दिन लागेका छौं, पोखरादेखि काठमाण्डौको कलंकी, बालाजु, गौङगबु, महाराजगन्ज, चावहिल हुदै जोरपाटनसम्म सेवा दिने छौं ।’
बिद्यार्थी, असक्त, अपाङग, बृद्ध गरी पाँच वटा आरक्षणसिट छुट्याएको प्रालिले उनीहरुको लागि बिषेश छुट २५ प्रतिशत सम्म छुट दिने भएको अधिकारीले जनाए । पोखरा काठमाण्डौ रुटमा चल्ने सेवामा एसि बसको सबै भन्दा सहुलियत ६ सय रुपैया शुल्क रहेको उनले बताए । आरामदायी सिट, वाईफाई सेवा, पत्रपत्रिकाको ब्याबस्था मिलाएको अधिकारीले जनाए ।
प्रालिले यस अघि पुर्वको काकड भिक्ता, विराटनगर, धरान, विरगन्ज, जनकपुर, पश्चिम मेहन्द्रनगर, धनगडी, सुर्खेत नेपालगञ्ज, दाङ, सुनौली सम्मको सेवा दिदै आएको अधिकारीले दाबी गरे । अधिकारी ट्राभल्सबाट शुभ अधिकारी ट्राभल्स भएपछि हाल प्रालिमा ८ वटा वसहरु रहेका छन । पोखरा काठमाण्डौको लागि ३ वटा बसहरु रहेका छन । ८० लाख मुल्य बराबरको युरो थ्रि मापदण्डका ३५ सिटे वसहरु रहेका छन । प्रालिले हाल १५ जनालाई रोजगार दिएको छ ।
यातयातको क्षेत्रमा समय अनुसार प्रतिष्प्रर्धा बढ्दै गएको राष्ट्रिय यातयात व्याबसायी महासंघका केन्द्रीय सदस्य केशवराज अधिकारीले बताए । उनले सुविधा दिने नाममा कसैले पनि कुनै यात्रु तथा मजदुर माथि दुर्रव्यावहार गर्न नहुने बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .