BREAKING NEWS

Tuesday, August 11, 2015

लेखनाथको मालेपाटनमा यात्रुवहाक बस दुर्घटना, ६ जना घाईते

लेखनाथ : देउराली फेदीबाट पोखरा तर्फ जाँदै गरेको लेखनाथ माइक्रो बस लेखनाथ नगरपालिकाको वडा नं. १५ वुडुवा नजिक दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको जनाइएको छ । उनिहरु खतरामुक्त रहेको वताइएको छ । एक जनाको भने स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएको पाण्डे मेडिकल हलका संचालक शोभाखर पाण्डेले जानकारी दिए । 

घाईतेहरुमा देउराली मज्र्याङकोटका रुपा गुरुङ्ग, ले.न.पा १५ का देवु पौडेल, छाँया बसौला र उनको ५ बर्षिय छोरा र सिद्ध ६ का जिबनाथ पराजुली रहेका छन् । पराजुली लेखनाथ नगरपालिकाका कर्मचारी हुन । 

बेगनासताल बस संचालक समिति अन्र्तगत देउराली फेदी पोखरा चल्ने ग १ ख ३३३४ नम्बरको बस सडकबाट खेतमा खसेको थियो । तिव्र गतिमा गुडेको बस अनियन्त्रीत भै सडकबाट खेतमा खसेको थियो । घाईतेहरुका अनुसार सहायक चालकले बस चलाएका कारण दुर्घटना भएको हो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .